विप्लवका नाममा पक्राउ पुर्जी जारी

बिप्लव

कलम नेपाल

काठमाडौँ नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई के गिरफ्तार गर्ने तयारी भएको छ ।

कपिलबस्तु जिल्ला प्रहरीले प्रक्राउ पुर्जी जारी गरेको छ ।

विप्लवको घरमा पुर्जी टाँस भएको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलबस्तुको प्रहरी निरीक्षक केशवराज ज्ञवालीले पक्राउ पुर्जी टाँस भएको पुष्टि गरे ।

उनका अनुसार भोजपुर जिल्ला अदालतले विस्फोट पदार्थ र ज्यान मार्ने उद्योग मुद्दामा उपस्थित गराउन पत्राचार गरेपछि कपिलबस्तु प्रहरीले पुर्जी टाँस गरेको हो ।

विप्लव लामो समयदेखि सार्वजनिक कार्यक्रममा देखिएका छैनन् ।

नेकपाका नेताहरूको पुर्जी टाँसका विषयमा प्रतिक्रिया पनि पाएको छ ।

नेकपाका पोलिटव्यूरो सदस्य भरत बमले विप्लवको घरमा पक्राउ पुर्जी टाँस गरिएको बताए ।
आफ्नो फुसवुक वालमा महासचिव विप्लवलाई वारेन्ट जारी गरेपछि के हुन्छ ?

भन्ने प्रश्नसहित त्यसपछि उत्पन्न हुने राजनीतिक अवस्थाबारे लेखेका छन् ।

नेता बमले यसले राज्यले लिने नीति स्पष्ट गरेको र अब आफ्नो पार्टी त्यहीँ अनुसार अगाडि बढेन बताए ।

नेकपाका पोलिटव्यूरो सदस्य बमले लेखेका छन्

महासचिव विप्लवलाई वारेन्ट जारी गरेपछि के हुन्छ रु

-सरल शब्दमा भन्दा यो सरकारको दमन गर्ने सङ्केत हो यसले अनिवार्य प्रतिरोध जन्माउँछ ।

-विप्लवले अगाडि सारेको राजनैतिक विचारमा राज्यले हारेको छ र उसले बन्दुक र कानुन अगाडि सारेको छ ।

-विप्लवको वारेन्टलाई प्रतिक्रान्तिले क्रान्तिलाई र दलालले स्वाभिमानलाई वारेन्ट जारी गरेको अर्थमा बुझ्नुपर्छ ।

-साम्राज्यवादको रणनीति अनुरूप कम्युनिस्टको बदनाम गरेर कम्युनिस्टको अन्त्य गर्ने उदेश्यसहित अहिले सामाजिक दलाल पुँजीवाद ९ बाम गठबन्धन ० जोतिबशुको नयाँ संस्करणको रूपमा अगाडि आएको छ त्यसैले उसको यो दमनात्मक कदम अपेक्षित छ यसले अझै क्रूर र फासीवादी रूप लिनेछ ।

-विप्लवको वारेन्टले क्रान्ति नयाँ चरणमा प्रवेशको व्यवहारिक अभिव्यक्ति मात्रै दिएको हो । यो निचोड पार्टीले कथित चुनावपछि नै निकालिसकेको हो ।

-अहिलेसम्म संसारमा न बन्दुकले विचार मार्न सक्यो न त दमनले क्रान्ति नै रोक्न सक्यो । फेरि हामीले त क्रान्तिको नयाँ कार्यदिशा एकीकृत जनक्रान्ती अगाडि सारेका छौ । त्यसैले यो दलाल राज्यको प्रतिक्रान्तिकारी दमनको सम्पूर्ण रूपले प्रतिवाद गरिनेछ ।

-राज्य युद्धको बाटोमा छ । हामी त्यसको अन्त्य क्रान्तिद्वारा गर्नेछौ । दलाल राज्य बाट शान्ति र समृद्धि सम्भव छैन किनकि क्रान्तिले मात्रै वास्तविक शान्ति र समृद्धि ल्याउनेछ ।

विप्लव पार्टी किन निशानामा छ ?

स्थानीय तहको चुनाव यता भएको चुनाव विरोधी गतिविधिमा सरकारले विप्लवको पार्टीको हात देखेको छ ।

तर, सो पार्टीले यसलाई जनताको प्रतिरोध भन्दै औपचारिक रूपमा जिम्मेवारी लिएको छैन ।

यसबाहेक सो पार्टीले केही जलविद्युत परियोजना र गैरसरकारी संस्थाका कार्यालयलाई लक्षित गरी बम पड्काएको छ ।

केपी ओली नेतृत्वको सरकार गठन भएलगत्तै सरकारले सो पार्टीका दुई नेता पक्राउ गरेको थियो ।

उनीहरू हिजो मात्र रिहा भएका छन् ।

आफ्ना नेता पक्राउको विरोधमा सो पार्टीले एक दिन नेपाल बन्दको समेत आव्हान गरेको थियो ।

माओवादी केन्द्रको समर्थनकमा एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएको केही दिनमा विप्लवलाई पक्राउ गर्ने सूचना टाँस गरिएको हो ।

यसले वामपन्थी सरकारसँग विप्लव नेतृत्वको टकवार बढेन सङ्केत दिएको छ ।

केही दिन अगाडि मात्र सा पार्टीका कार्यकर्ताले राजश्व विभागका महानिरीक्षक चुणामणि शर्माको घरमा कालो झन्डा गाड्नुका साथै ढुंगामुढा गरेका थिए ।

केही दिन अगाडि नेकपाले सुर्खेतका स्थानीय जनप्रतिनिधिको राजीनामा माग गरेका थियो ।

विप्लवको पार्टीले सुर्खेतका गाउँ तथा नगर प्रमुख उपप्रमुल लगायत वडा कार्यालयमा पत्र पठाएर राजीनामा माग गरेको थियो ।

पत्रमार्फत राजीनामा नदिए भौतिक कारबाही गर्ने समेत सो पार्टीले चेतावनी दिएको छ ।

पत्रले जनप्रनिनिधी त्रसित बनेका छन् ।

बुढाहरूबाट क्रान्ति हुन नसक्ने अवस्था आएको भन्दै विप्लवले ०७१ मङ्सिर ८ मा पार्टी मुख्यालय बुद्धनगरमा पुगेर मोहन वैद्यलाई सम्बन्ध विच्छेदको पत्र बुझाएलगतै आफ्नो नेतृत्वमा नेकपा माओवादी गठन गराका थिए ।

पछि पार्टीको नाम बदलेर उनले नेपाल कम्युनिस्ट पार्टी मात्र बनाए ।

एमाले र माअ‍ोवादीले पनि एीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी राख्ने सहमति गरेका छन् ।

Comments

comments

LEAVE A REPLY