कोरियामा मजदुरको लागि नयाँ नियम ,हप्तामा ५२ घण्टा भन्दा धेरै काम गर्न नपाइने

कोरियामा कार्यरत स्वदेशी तथा प्रवासी मजदुरको लागि नयां नियम लागु हुने भएको छ l परिबर्तित नियम अनुसार साना तथा मझौला कम्पनि हरुमा कार्यरत मजदुर हरुले हप्तामा ५२ घण्टा भन्दा धेरै काम गर्न नपाउने भएका छन् l यसभन्दा पहिला हप्तामा ६८ घण्टा सम्म काम गर्न पाउने नियम थियो l

विचाराधीन अबस्थामा रहेको श्रम तथा बातावरण मन्त्रालयको बिधेयक मंगलवार यहाको राष्ट्रिय सभा बाट पारित भएसंगै मजदुरको काम गर्ने समयाबधि घटेको हो l

परिबर्तित नियम ३ सय जना भन्दा धेरै कामदार रहेको कम्पनीमा यहि आउदो जुलाई देखि लागु हुने छ भने ५० देखि २सय ९९ जना सम्म कामदार भएको कम्पनीमा सन् २०२१ देखि लागु हुनेछ l त्यस्तै ५० जना भन्दा कम कामदार भएको कम्पनीमा भने यो नियम २०२२ देखि मात्र लागु गर्न रोजगारदाता हरु राजि भएको श्रम मन्त्रालयले बताएको छ l

परिबर्तित नियमले श्रमिककको अतिरिक्त काम गर्ने समय घटाउने छ l हप्तामा ४० घण्टा बेसिक काम गर्ने समायाबधि हो भने नयाँ नियम अनुसार हप्तामा १२ घण्टा मात्र अतिरिक्त काम गर्न पाउनेछन l

कम्पनीमा कार्यरत मजदुरको जीवनस्तर उकास्न तथा कम्पनि हरुलाई पर्न जाने अतिरिक्त आर्थिक भारलाइ कम गर्न सो नियम लागु गरेको बताइएको छ l यो नियमले ३ सय जना भन्दा कम कामदार भएका कम्पनीहरुलाई ८.६ ट्रीलियन कोरियन वनको अतिरिक्त आर्थिक भार कम हुन जाने आर्थिक विश्लेषकहरु बताउछन l ठुला कम्पनीहरुले अतिरिक्त समयले थप आर्थिक भार पारेको भन्दै गत बर्षनै काम गर्ने समय घटाउन माग गरेका थिए l

Comments

comments

LEAVE A REPLY