विधार्थी फोरमको कमिटी गठन

कलम नेपाल –
दमक– सङ्घीय समाजवादी विधार्थी फोरम नेपालको सिद्धार्थ कलेज कमिटी गठन भएको छ।

फागुन १४ गते सोमबार दमक स्थित होलिडे रेस्टुरेन्टमा समाजवादी विद्यार्थी फोरमका निर्वाचन अधिवेशन संयोजक मन कुमार लिम्बुको अध्यक्षतामा र सङ्घीय प्रेस फोरमका झापा जिल्ला अध्यक्ष देशराज नेम्बाङको प्रमुख आतिथ्यतामा बसेको औपचारिक भेलाले कमिटी गठन गरेको हो।

उज्वल राईको नेतृत्वमा गठन गरिएको सो कमिटीको उपाध्यक्षमा स्मृति सुब्बा, सचिवमा ज्योति श्रेष्ठ, सह–सचिवमा तान्छोहाङ लिम्बु, कोषाध्यक्षमा ग्रिस्मा श्रेष्ठ र सदस्यहरूमा पारुहाङ राई, कुङसाहाङ लिम्बु, राउत श्रेष्ठ, क्रिष्टिना मगर चयन गरिएको थियो।

Comments

comments

LEAVE A REPLY