महिला पत्रकारको प्रचण्ड सँग भेट

कलम नेपाल
काठमाडौँ
नेपाली मिडियामा कार्यरत पाँच जना महिला पत्रकारहरूले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि आवश्यक सहयोगको पहल गरिदिन अध्यक्ष प्रचण्डसंग अनुरोध गरेका छन् ।

अध्यक्ष प्रचण्ड निवास खुमलटार पुगेर महिला युवा पत्रकारहरूले सगरमाथा आरोहणको इतिहासमा नै नयाँ कीर्तिमान राख्न आरोहण गर्न गइरहेको जनाउँदै सरकार र पार्टीका तर्फबाट आवश्यक सहयोगका लागि अनुरोध गरेका थिए ।

“फस्र्ट वुमेन जर्नालिष्ट्स एभरेष्ट एक्सपेडिसन २०१८” अभियान अन्तर्गत आउँदो अप्रिलमा सगरमाथा आरोहणको तयारीमा रहेको महिला पत्रकारहरूको समूहले सरकारबाट रोयल्टी छुटदेखि अन्य सहयोगका लागि अनुरोध गरेका हुन ।

नेपाल टेलिभिजनमा कार्यरत रोजिता बुद्वाचार्यको नेतृत्वमा आएको टोलीले अध्यक्ष प्रचण्डसँग समूहगतरुपमा महिला पत्रकारहरूले आरोहण गर्न लागेको पहिलो रहेको बताएका थिए ।

दिगो विकासको झन्डा सगरमाथामा फहर्याउने उक्त टोलीको उद्देश्य रहेको बताएका थिए । अध्यक्ष प्रचण्डले युवा पत्रकारिता पेसामा संलग्न युवा महिला पत्रकारहरूको सगरमाथा आरोहणबाट महिलाहरूको सशक्तिकरणदेखि अन्य क्षेत्रमा समेत ऊर्जा प्रवाह गर्ने बताएका थिए ।

अध्यक्ष प्रचण्डले युवा उमेरमा सगरमाथाको आरोहण जस्तो चुनौतीपूर्ण काम गर्न खोजेकोमा अग्रिम बधाई दिँदै सरकार र पार्टीका तर्फबाट आवश्यक सहयोगका लागि पहल गर्ने आश्वासन दिनुका थियो ।

Comments

comments

LEAVE A REPLY