शत्रुगते समिक्षा : टिनेजलाई राम्रो शिक्षा

मीनप्रकाश उप्रेती
कलम नेपाल
चैत्र नैा गते शत्रुगते फिल्म आउने कुरा पहिलै चर्चाको शिखरमा थियो । चुले निम्तो दिन कलाकार देश भरको दैाडानमा आए पछित झनै कैातुहलता बढाएको थियो ।

मदनकृष्ण श्रेष्ठ, हरिबंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, पल शाह, आँचल शर्मा लगायतका कलाकारहरूको उपस्थितिले यो चलचित्र हेर्न सबै उत्सुकनै थिए ।

शुक्रवारदेखि देश भर चलेको यो चलचित्र हेर्ने मैाका दस गते पाथीभरा चलचित्र मन्दिर दमकले जुरायो ।
यस चलचित्रको आकर्षण मह जोडीको फिल्मीमा पुनरागमन दीपकराज गिरी र दीपाश्री निरौलाको फिल्मी फर्मूलानै थिए ।
पंन्ध्र गतेको गन्ध शत्रु गतेमा

केही समययता रित्तिँदै गएको फिल्मी रौनकलाई ‘शत्रु गते’ले पुन: फर्काउने आस गरिएको छ । यो अपेक्षा निर्देशक प्रदीप भट्टराईका निम्ति भने चुनैाति पूर्ण हो ।

निर्देशक भट्टराई मह सञ्चारमा खारिएका निर्देशक हुन् । हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठको छाया उनमा पनि सर्लक्क सरेको चलचित्र हेरिसके पछि अनुमान गर्न सकिन्छ ।

मह सञ्चारको पंन्ध्र गते लाई सम्झने हो भने यो चलचित्रको सबै गन्ध मह जोडीमा जान्छ । त्यति मात्र होइन “जन्ते बाख्रो खाई नारायण जन्ते ……” बोलको सङ्गीतको श्रेह मह जोडीलाई नजिक बाट हेर्नेहरुले उनीहरूकै ईशाराहो भन्छन् ।

कस्तो छ फिल्म ?


फिल्म परिस्थिति सहितको कमेडि छ । एक छिनपनि बोर मान्ने अवस्था भने यस चलचित्रमा छैन । आँसु आउने अवसथामा हरिबंस आचार्यको थुतुनो देख्ने बित्तिकै पुन हाँसोमा परिणत हुनु यो चलचित्रको बिषेशताहो ।

सोझो र सरल स्वाभको रोल पाएका पल र आँचलको जोडीले यो फिल्मलाई टिनेजको उम्लिँदो ब्लडलाई राम्रै सबक सिकाएको छ ।

कथा बस्तु आफैमा दरो छैन यधपि नयाँ खुराक भने दिने कोसिस गरेको छ ।सबैले आस गरे जस्तो प्रस्तुतिमा राप र ताप दिन सके पनि प्रकाशमा केही कमी भएको आभास हुन्छ । तर पाहाडे र मधेसी सबै एक हुन भन्ने सन्देश भने यो चलचित्रले दिएको छ ।

वर्तमान समयमा युट्युवमार्फत कतिसम्म सामाजिक सम्बन्ध र व्यवहारमा उथलपुथल आउनसक्छ भन्ने कुरा फिल्मले रोचक ढङ्गले पेस गरेको छ । अर्थोपार्जनका लागि युट्युवको दुरुपयोग गर्नु दण्डनीय अपराध हो भन्ने कुरा स्वादिलो ढङ्गले देखाइएको छ ।

चलचित्र शत्रु गतेकाे भरपुर मनाेरन्जनले दुई घण्टाकाे समय बितेकाे पत्तै नभएको काजि राउत बताउँछन् ।

समग्रमा यो फिल्म अहिलेका युवा युवती , अविभावक र सामाजिक क्षेत्रका सबैले हर्न र मनन गर्न योग्य छ ।

Comments

comments

LEAVE A REPLY