सन्जिबको म्युजिक भिडियो दुबईबाट रिलिज

कलम नेपाल ।
रोजगारीको सिलसिलामा विदेशी भूमिमा रहेर पनि नेपाली गीत सङ्गीत प्रति मोह राख्ने धेरै छन्। यसै क्रममा युएई, दुबई मा विगत पाँच वर्षदेखि रहँदै आएका डब्लु.डी.एन.बाइ सन्जिब आफ्नो पहिलो गीतको भिडियो लिएर दर्शक श्रोतामाझ आएका छन्।
‘देखेर तिमीलाई…’ बोलको गीतमा सन्जिब कै स्वर तथा शब्द र कमल थापाको सङ्गीत सुन्न सकिन्छ। सुदर युवतीलाई देखेपछि कल्पना गरेका पलहरूलाई गीतमा उतारिएको छ।

फोटोग्राफर कमल श्रेष्ठले छायाङ्कन, सम्पादन तथा निर्देशन गरेको भिडियोमा दुबईको मारिना बिच, मरुभूमि र क्लबहरूको दृश्यहरू देख्न सकिन्छ। हिप हप र्याप शैलीको गीतको भिडियोमा गायक सँगै मोडल रेबिका थापा मगर लाई फिचर गरिएको छ। रेबिका पनि केही वर्ष देखि युएईमा रहँदै आएकी छिन्।

यसरी बन्यो गीत र यसको भिडियो

गायक सन्जिबका अनुसार, केही समय पहिले फ्राईडे मनाउन सङ्गीतकार कमल थापा सँग दुबईकै एक क्लब गएका थिए। क्लबमा एक सुन्दर युवतीलाई देखेर यो गीतको शब्दहरू कोरिएको थियो। उनले यो गीत नेपाल आउँदा रेकर्ड गराएका थिए। म्युजिक एरेन्जर रानी दाहालको सहयोगमा गीत रेकर्ड गरेर पछि उनलाई यो गीतको भिडियो बनाउन इच्छा जाग्यो।

तरआफुले चाहेजस्तो भिडियो बनाउन सक्ने दुबईमा कोही भेटेनन। यसैक्रममा घुमघामको सिलसिलामा दुबई पुगेका ग्ल्यामर फोटोग्राफर कमल श्रेष्ठ सँग उनको भेट भयो र अन्ततः: उनले चाहे जस्तो म्युजिक भिडियो निर्माण भयो।

कमल श्रेष्ठ, नेपालका चर्चित फोटोग्राफर हुन्। उनले दर्जनौँ नेपाली तथा विदेशी मोडल तथा अभिनेत्रीहरूको फोटो सेसन गरिसकेका छन्। फोटोग्राफी सँग सँगै उनी ग्राफिक डिजाइन र भिडियो सम्पादनमा पनि उत्तिकै लगाव राख्छन।

उनले थुप्रै गायक गायिकाहरू एल्बम कभर डिजाइन तथा म्युजिक भिडियो छायाङ्कन गरिसकेका छन्। एक दशक अगाडी नै उनले अड्रियन प्रधान, सबिन राई, बबिन प्रधान, सत्यकला राई, वृन्दा सीँ लगायतका गायक गायिकाहरूको म्युजिक भिडियो छायाङ्कन गरिसकेका छन्।

भीडियो

Comments

comments

LEAVE A REPLY