गुडि रहेको बसको चक्का फुस्कीदा महिलाको ज्यान गयो

निधन भएकी हरिमाया पाण्डे

टीकाराम उप्रेती
कलम नेपाल ।
झापा चैत १८ गते । भनिन्छ दैवलाई कसैले टार्न सक्दैन । दिन आएपछि केही गरे टर्दैन । आइतबार झापा दमक ८ कि ७१ वर्षीय हरिमाया पाण्डेका लागि यस्तै भयो । बिहान सबेरै उठेर घर देखि दुई किलो मिटर दुरीमा रहेको लाइफलाइन अस्पताल जादैगर्दा बाटोमा अचानक दुर्घटनामा पर्नुभयो ।

त्यहाँ उपचार गराई रहेका आफन्तलाई हेर्न जाँदै हुनुहुन्थ्यो । आफन्तलाई हेर्ने पाण्डेको चाहना आधा बाटोमा नै सदाका लागि सकियो ।

पैदल हिँड्दै पूर्वपश्चिम राजमार्गको पेटीमा निस्कनु भएकी पाण्डे आश्चार्यजन घटना पर्नुभयो । उहाँको घटना स्थलमा नै निधन भएको थियो । इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरिक्षक बुद्धि चाम्लागाईका अनुसार राजमार्गमा पूर्वबाट पश्चिम तर्फ कुदिरहेको बसको पछाडि चक्का अचानक फुस्कियोको थियो ।

यसरी फुस्किएको चक्का गुड्दै गएर पाण्डेलाई पछाडिबाट लाग्यो । चक्काले लागेपछि राजमार्गमा लड्नु भएको थियो । यसरी लडेर छटपटाइ रहनु भएकी पाण्डेलाई पुन चक्का आफै घुमेर आएर फेरी ठोकियो । ठोकिएकै स्थानमा उहाँको निधन भयो ।
पाण्डेकै छिमेकीको को १ ख ५४३६ नम्बरबो बस बिहान एक कलेजको विद्यार्थी लिन जादैगर्दा बायाँ पट्टीको दुबैवटा चक्का अचानक फुस्किएका थिए । कुदिरहेको बसको चक्का फुस्किएपछि बस अनियन्त्रित भएपछि तत्काल सडक किनारामा रोकिएको थियो । बसको चालक र बस इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ ।

बसको चक्का फुस्किएर एक पटक लागेर गुड्दै पर पुगेको थियो । तर कस्तो सन्तुलन भयो पुन फर्किएर आएर ठोकियो यो नै उहाँको अन्तिम क्षण भयो । घट्नमा बस सञ्चालकले समयमा बसको स्थिति राम्रो जाँच नगर्दा दुर्घटना भएको हो ।
सम्बन्धित यातायात व्यवस्था कार्यालयले सवारी साधनको जाँच नगरी पास गर्ने तथा राजश्व बुझ्ने गरेको छ ।

यसले गर्दा व्यवसायीले चरम लापर्बाही गरेर सवारी साधन सञ्चालन गर्दै आएका छन् । जसका कारण यस्ता धेरै दुर्घटना हुनेको प्रहरीको अनुसन्धानमा देखिएको छ । यातायात व्यवस्था कार्यालयले राजस्वमात्र सङ्कलन गर्ने तर प्राविधिकबाट अनुगमन र चेकजाँच नगर्दा दुर्घटना हुने गरेको पाइएको छ ।

Comments

comments

LEAVE A REPLY