एउटा गाउँ जाहाँ सबै महिला ढाका कपडा बन्न व्यस्त

झापाको दमक एक स्थित आँगनमा तान लगाएर ढाका कपडा बन्दै स्थानीय महिला ।

टीकाराम उप्रेती
कलम नेपाल ।
झापा – एउटा साँगुरो कोठा एक कुनामा किचन र्याक, अर्को कुनामा दुई दुईवटा तान छन् । यी दुवै तानमा दुई जना महिला ढाका कपडा बन्न व्यस्त छन् । खाना पकाउँदै छोराछोरीलाई खुवाउदै कपडा बन्न सजिलो हुन्छ । खाना पनि पाक्छ एकदुई हात कपडा पनि बनिन्छ यसैले किचनमा नै तान राखिएको हो ।

पाँचथर जिल्लाको मिक्लाजुङ ७ की दीलु लिम्बुको डेरामा बसेको कोठा अहिले यस्तै अवस्था छ । उहाँ दमक एक स्थित शान्ति टोलको एक घरमा डेरा गरी बस्दै आउनु भएको छ । यहाँ डेरा बसेको केही दिनदेखि उहाँको हात खाली छैन ।

श्रीमान् हस्त बहादुर लिम्बु वैदेशिक रोजगारमा गएपछि छोराछोरी पढाउन डेरा बस्न थाल्नु भएको हो ।
लिम्बु डेरा बसेको केही दिनदेखि व्यस्त भएको बताउनुहुन्छ । उहाँसँगै धनकुटा जिल्लाको चौबिस गाउँपालिका ८ बस्ने १९ वर्षकी गीता लिम्बु एउटा तानमा कपडा बन्नु हुन्छ । दुबैजनाले पालैपालो खाना बनाउँदै किचनमा नै कपडा बन्ने गरेका छन् ।

कक्षा १२ को परीक्षा दिएर दमकमा डेरा बस्न आएकी गीता दिदीले कपडा बनेको देखेपछि आफुपनि यो काममा लागेको बताउनुहुन्छ । अरू केही सिप सिकेको थिएन । पढ्न पनि सकिएन । अनि कसरी गुजारा चलाउने भनेर तनाव भइरहेको थियो । दमक आएपछि कपडा ढाका कपडा बन्न थाले अहिले यसैमा व्यस्त छु दीलुको भनाई छ । आम्दानी पनि राम्रो छ । श्रीमानको कमाई खर्च गर्नु नपरेको उहाँको भनाई छ ।

उहाँहरू जस्तै दमक नगरपालिकाको बाँड्न एकको पुरै गाउँमा ढाका कपडा बन्ने गरिएको छ । यहाँ बसोबास गर्ने अधिकांश महिलाको दैनिकी हिजोआज यस्तै व्यस्ततामा बित्ने गरेको छ । यहाँ डेरा बस्नेदेखि लिएर घरधनी महिला समेत ढाका कपडा बन्ने काममा व्यस्त हुने गरेका छन् ।

घरको खाली प्यासेज, कोठा, आँगन, बरन्डा कहीँ पनि खाली ठाउँ छ भने त्यहाँ तान राखिएको छ । जहाँ पनि बसेर गर्न सकिने हलुका काम हो ढाका कपडा बन्ने । परिवार र घरको रेखदेख समेत गर्न सकियो अनि व्यवसाय पनि चल्यो स्थानीय उषा बस्नेत बताउनुहुन्छ ।

यो क्षेत्रका महिला भने आफ्नै काममा व्यस्त हुने गरेका छन् यसले गर्दा महिलाको ब्यत्तिगत जीवन समृद्धि तर्फ अघि बढेको छ । भने दिनभरि जाँड रक्सी बनाएर बेच्ने काम समेत बन्द भएको अर्की महिला पूजा कुमालको अनुभव छ ।

लगभग एक दशकदेखि चाहिँ यो क्षेत्रका एक हजार भन्दा बढी महिला व्यावसायिक रूपमा ढाका कपडा बन्ने काममा लागेका छन् । यहाँका प्रत्येक घरमा एक देखि परिवार सख्या हेरेर चारपाँच वटा सम्म तान रहेका छन् । उद्योगमा दर्ता गरी रहनु नपर्ने घरमा नै बसेर रात, साँझ, बिहान, बेलुका फुर्सदमा काम गर्न सकिने भएपछि अधिकांश महिला कपडा बन्ने पेसामा लागेका हुन् ।

घरमा तान लगाएर परम्परागत रूपमा हातले बनिने ढाका कपडाहरूमा एक सय रुपयाँको रुमाल देखि २५ हजारसम्मका साडी तयार हुने गरेका छन् । यसका अलावा गलबन्दी, सल, दौरासुरुवाल, कोट, टोपी, झोला, हेण्ड ब्याग, पर्सका साथै महिलाका लागि कुर्ता, सुरुवाल, चौबन्दी, साडी, ल्याङ्गा समेत तयार हुने गरेका छन् ।

दमक नगरपालिकाले समेत यो वडालाई ढाका कपडा उत्पादन जोन क्षेत्रको रूपमा विकास गर्ने भएको छ । वाडन एकका वडाध्यक्ष तारा अधिकारीका अनुसार यो वर्षदेखि नै नगरपालिकाले ढाका कपडा बन्ने महिलालाई नयाँ प्रविधिको विषयमा तालिम सञ्चालन गरिने बताउनु भयो । यसका अलावाका नगरपालिका ढाका कपडाको बिक्रीलाई व्यवस्थित गर्न दमक कोसेली घर निर्माण गर्ने योजना रहेको अधिकारीले बताउनु भयो ।

यसरी तयार गरिएका ढाका कपडाले माग अनुसार धान्न नसकेको हस्तकला महासङ्घ झापा जिल्ला अध्यक्ष निरमाया पुलामी बताउनुहुन्छ ।

स्थानीय यहाँ उत्पादन भएका कपडा धेरै जसो स्थानीय स्तरमा खपत हुने गरेका छन् । बाँकी केही बिराटनगर, धरान, काठमाण्डौमा खपत हुने गरेको छ । भने केही विदेशमा निर्यात हुने गरेको छ ।
यहाँका महिला ढाका कपडा बन्ने कामबाट आत्म निर्भर मात्र बनेका छैनन् । विदेशी कपडा प्रतिस्थापनमा समेत सहयोग पुर्‍याएका छन् ।
ती

Comments

comments

LEAVE A REPLY