पुल बन्ने आशामा झापा गाउँपालिका बासी

पुल

 

कलम नेपाल

सिमलबाडी झापा÷कन्काइ नदीमा आएको बाढीले बाटो बगाउँदा बारिपारि गर्नबाट बन्चित झापा गाउँपालिका स्थित टप्प्पुका बासिन्दा बाटो निर्माण भएपछि खुसी भएका छन् ।

झापा गाउँपालिकाको ५ लाख र नेपाल बाढी प्रतिकार्य तथा शीघ्र पुर्नलाभ परियोजना अन्तर्गत कारितास इन्टरनेश्नालिष्ट, कारितास नेपाल र अभियान नेपालको सहयोगमा सडक बन्ने भएपछि खुसी भएका हुन् । दुईलाख १० हजार रुपैयाँ सहयोगमा बाटो निर्माण भएपछि स्थानीय हर्षित भएका हुन् । बाटो निर्माण भए पनि अब बाढीले बगाएको १०० मिटर लामो पुल निर्माण हुन बाँकी छ ।

अभियान नेपाल र गाउँपालिकाको सहयोगमा गत साउन २७ गते कन्काई नदीमा अविरल वर्षासँगै आएको बाढी पसेर झापा गाउँपालिका स्थित सिमलबाडी पश्चिम टप्पु जाने करिब १ किलोमिटर बाटो बगाएर क्षतिग्रस्त भएको थियो । बाढीले बाटो बगाउँदा त्यहाँका ५० घरधुरी बारिपारि गर्न नसकी प्रत्यक्ष प्रभावित भएका थिए । कामका लागि नगद कार्यक्रम अन्तर्गत अभियान नेपालको अगुवाइमा बाटो निर्माण सम्पन्न भएपछि स्थानीय ९५ महिला र ११३ पुरुष गरी २०८ जना प्रत्यक्ष लाभान्वित भएको अभियान नेपालका कार्यक्रम निर्देशक लोकप्रिय खनालले बताए ।

पुर्नलाभ परियोजना साथै गाउँपालिकाको सहयोगमा सिमलबाडीबाट टप्पु जाने १ हजार ३४० मिटर कच्चीबाटो स्थानीयबासीको प्रत्यक्ष संलग्नतामा सामुदायिक विपत् व्यवस्थापन समिति मार्फत मर्मत सम्पन्न गरिएको छ। बाटो बनेपछि टप्पु सिमलबाडीको बिच्छेद भएको सम्बन्ध पुन जोडिएको छ । टप्पुका स्थानीबासीको बजारसम्मको पहुँच स्थापित भएको झापा गाउँपालिका वडा नं ७ का अध्यक्ष नेत्रप्रसाद उप्रेतीले बताए ।

बाढीले बगाएको हाम्रो सपनालाई अभियान नेपालले गरेको सहयोग र गाउँपालिकाको पहलमा पुन व्यूताएको अध्यक्ष उप्रेतीले बताए ।  गाउँपालिका र अभियान नेपालको सहयोगमा कुल ७ लाख १० हजारको लागतमा बाढीबाट क्षति पुगेको बाटोको खाल्डा पुर्ने, नाला बनाउने र बाटो सम्याउने कार्य सम्पन्न भएको छ । बाटोको दीर्घकालीन समाधानका लागि वडा नं ३, ७ र प्राविधिक कारणले सम्भव नभएको बताउँदै वडा अध्यक्ष ओलीले भने  गत साउनमा बाढीले बगाएको पुल निर्माणका लागि सक्दो पहल भइरहेको बताए ।

गतबर्ष रेडक्रस लगायतका संस्थाको सहयोगमा सिमलवारिदेखि टप्पु जाने उक्त बाटोमा पुल निर्माण गरिए पनि उद्घाटन नहुँदै साउन २७ गते कन्काइ नदीमा आएको बाढीले राति नै बगाएको थियो ।

पुल बगाएर समस्या बेहोरिरहेकी स्थानीय एक महिलाले भनिन् नयाँ पुलबाट तरि हेरौँ भनेको होइन उद्घाटन नगरी तर्नु हुँदैन भनेर तर्न दिएनन् के को पुल त बाढीले राति नै बगाएछ । पुल बनेपनि एकपल्ट पनि हिँड्न नपाई बगाएपछि स्थानीय चिन्तित छन् ।

बाढीले स्थानीय टेकबहादुर दर्नालकी ३५ वर्षीय श्रीमती कमला र साढे ३ वर्षीय छोरी खुसी दर्नाललाई  बगाएको थियो । दर्नालको परिवारका २ सदस्य, पशु चौपाया बगाउनुका साथै स्थानीयको सयौँ विगाहा खेतीयोग्य जमिन बालुवामा परिणत भएको थियो ।

बाढीले बगाएको बाटो पुर्ननिर्माण भएपछि पुल पनि बन्ने आसामा स्थानीय खुसी भएका छन् । निर्माण सम्पन्न भएको सो बाटो सोमबार नै स्थानीय उपभोक्तालाई हस्तान्तरण गरिएको छ । चैत ४ गतेदेखि सुरु भएको परियोजना अन्तर्गत निर्माण गरिएको सो बाटो सोमबार सम्पन्न गरिएको हो । सामुदायिक विपत् व्यवस्थापन समिति निर्माण गरी मानवीय श्रम कामका लागि नगद पद्धति अनुसार श्रम गरेबापत ज्याला दिएर काम सम्पन्न गरिएको छ ।

Comments

comments

LEAVE A REPLY