युवाको आक्रमणबाट दुईजना प्रहरी घाइते

फाईल फाेटाे

 

कलम नेपाल

भद्रपुर मादक पदार्थ सेवन गरेका युवकको आक्रमणबाट झापाको भद्रपुर नगरपालिका ४ पुरी चोकमा दुईजना प्रहरी घाइते भएका छन् ।

 

गस्तीमा रहेको प्रहरी टोलीलाई लक्षित गरी स्थानीय सुवास राईले गएराती खुकुरीले आक्रमण गरेको प्रदेश १ प्रहरी कार्यालले जनाएको छ ।

 

खुकुरी प्रहारबाट महेशपुर प्रहरी चौकीका सहायक निरीक्षक प्रकाश खवास र जवान पुण्यप्रसाद पोखरेल घाइते भएको प्रहरीले जनाएको छ ।

 

उनीहरुको विर्तामोडस्थित एक अस्पतालमा उपचार भईरहेको छ । आक्रमण गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

Comments

comments

LEAVE A REPLY