पूर्वराजपरिवार पशुपति मन्दिरमा पूजा आरतीमा सरिक

पूर्वराजा

 

कलम नेपाल

दमक

पूर्व राजा ज्ञानेन्द्र र पूर्व महारानी कोमल सहित बुधवार साँझ दमकको पशुपति मन्दिरमा आरती पूजा गरेका छन् ।

साँझको करिब साढे ६ मन्दिर परिसरमा पुगेका राजाको भव्य स्वागत गरिएको थियो । पशुपति मन्दिर आध्यात्मिक युवा समितिले नियमित रूपमा आयोजना गरिने साँझ आरती कार्यक्रममा सहभागी भएका हुन् । राजा करिब बिस मिनेट जति समय आरती तथा पूजा गरेका थिए ।

राजाको स्वागतमा दमकका मन्दिर सम्क्षण समितिका पदाधिकारी तथा सदस्य तथा सर्बसाधारणको उपस्थिति रहेको थियो । यस्तै राप्रपाका नेता तथा अन्य कार्यकर्ताको उपस्थिति रहेको थियो ।

कडा सुरक्षा व्यवस्थाका साथ मानिसहरू बाक्लो उपस्थिति रहेको थियो । मन्दिर प्रवेश गर्ने बाटोमा रेड कार्पेट बिछ्याइएको थियो । मिन्दिर भित्र पूजाको भव्य तयारी गरिएको थियो ।

पूर्व राजा ज्ञानेन्द्र शाह र उहाँकी पत्नी कोमलको स्वागतका लागि समर्थक तथा अन्य नागरिकले फुल गुच्छा सहित स्वागत र सम्मान गरे । यस अवसरमा राजाको समर्थनमा नारा लगाएका थिए । उनीहरूले ‘ हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ , राजा आऊ देश बचाउ’ जस्ता नारा लगाएका थिए ।

मन्दिरको मुख्यद्धारमा पस्नु भन्दा पहिला पूर्व राजा ज्ञानेन्द्र र पूर्व महारानी कोमलले जुत्ता खोलेर मन्दिरमा प्रवेश गरेका थिए । पूजा सकेर पूर्व राजा रानी दुवै जना कसैसँग पनि प्रतिक्रया नदिई बाहिरिएका थिए । एक महिनादेखि दमक ९ मा अवस्थित हिमालय महालक्ष्मी चिया बगानमा बस्दै आएका छन् । यसक्रममा पूर्वका विभिन्न धार्मिक स्थलको दर्शन गर्दै आएका छन् ।

 

Comments

comments

LEAVE A REPLY