अन्तराष्ट्रिय झापाली समाजका अध्यक्ष सहितको टोली नमुना बस्तीमा

कलम नेपाल ।
दमक – अन्तराष्ट्रिय झापाली समाजका अध्यक्ष सहितको टोली नमुना बस्तीमा पुगेको छ । समाजले निर्माण गर्न लागेको झापा कमल गाउँपालिका क्याम्पा स्थित बाढी पीडित मिश्त्रीहरुको बस्ती अवलोकनको लागी उक्त टोली सो क्षेत्रमा पुगेको हो । कार्ययोजना तर्जुमाको लागि टोलीले सो क्षेत्रको अध्यान अवलोकन सकेको छ ।

समाजले बाढी पिडितकालागि दस घर निर्माण गर्ने योजना अघि बढाएकाले टोली बुधवार बस्तीको अध्यान अवलोकनमा जुटेकोहो । टोलीमा अन्तराष्ट्रिय झापाली समाजका अध्यक्ष दिनेश पोख्रेल अस्ट्रेलियाबाट यस क्षेत्रको निरीक्षणका लागि आउनु भएको थियो ।

टोलीले चाँडै वर्षा याम सुरु हुने भएकाले घर निर्माणको काम अघि बढाउने विषयमा छलफल गरेको थियो । टोलीले मिस्त्री बस्तीबाट कमल गाउँपालिका पुगेर कानुनी प्रक्रिया मिलाउन आग्रह गरेको थियो ।

टोलीमा भवन निर्माण सहयोग समितिका अध्यक्ष प्रकाश प्रसाई उपाध्यक्ष लक्ष्मी सुब्बा, सचिव केशव श्रेष्ठ, कोषाध्यक्ष लतित बजगाँइ र सदस्य मिनप्रकास उप्रेती सहितको सहभागिता रहेको थियो ।

घर निर्माण कार्य वर्षा अघि नै सम्पन्न गर्ने लक्ष रहेको अध्यक्ष प्रसाईले जानकारी दिनुभयो ।

Comments

comments

LEAVE A REPLY