छोरीको हत्या आरोपमा बाबु जेल चलान

 

कलम नेपाल

महोत्तरी । छोरीको हत्या आरोपमा पक्राउ परेका उनका बुवा दिलीपकुमार यादवसहित अर्का एकजनालाई जिल्ला अदालत धनुषाले पुर्पक्षका लागि जेल चलान गरेको छ ।

यादवले आफ्नो छोरी १९ वर्षीय स्नेहा यादवलाई यातना दिएर हत्या गरी शव जलाएको आरोपमा दिलीपकुमार र शव जलाउन सहयोग गरेको आरोपमा पक्राउ परेका साथी विदेह नगरपालिका गिद्धाबेला पट्टीका ४६ वर्षीय राधेश्याम यादवलाई जिल्ला अदालत धनुषाले पुर्पक्षका लागि जेल चलान गरेको हो ।

काठमाडौं स्थित नासा कलेजमा कक्षा १२ मा अध्ययनरत स्नेहालाई फागुन ८ जनकपुर ल्याई कुटपिट गरी हत्या गरेर दिलीपले शव जलाएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

छोरी स्नेहा काठमाडौँमै एक युवकसँग प्रेम गरिरहेको थाहा पाएपछि प्रतिष्ठा बचाउन बुबा दिलीपले आक्रोशमा छोरीलाई काठमाडौँबाट बोलाई जनकपुर उपमहानगरपालिका २ वकिलटोल स्थित डेरामा चरम यातना दिई हत्या गरेको प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।

अनुसन्धान गर्दैजाँदा हत्या नै गरेको हो भन्ने तथ्य फेला परेपछि फरार भएका बुबा दिलीपलाई गत फागुन २६ गते पक्राउ गरी अनुसन्धान थालिएको धनुषाका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले बताए ।

स्नेहाको हत्यामा संलग्न अन्यहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Comments

comments

1 COMMENT

  1. Ϝreeⅼancing may aⅼso ⅼead tօ a big “plus” concerning your income.
    Аs a substitutе of getting to settle for the precisе wage
    tһawt is proѵided by the one ⅼegislation agencү
    that you simply worқ, y᧐uve got a great deal of leeway in ѕetting your personal pay rаtes.

    Thhis factor cann result in siggnificantly more
    money for үou.

LEAVE A REPLY