भारत भ्रमणबाट प्रम ओली उत्साहित

 

कलम नेपाल

नयाँदिल्ली । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँगको सम्बन्धमा रहेका भ्रमहरु हटिसकेको बताएका छन् । भारतीय समकक्षी नरेन्द्र मोदीसँग शुक्रबार साँझ एक्लाएक्लै वार्ता गरेका ओली निकै उत्साहित देखिएका छन् ।

 

उनले शुक्रबार राति पत्रकारहरुसँग भने, ‘भारतसँगको असमझदारी हटिसकेको छ । अब कुनै असमझदारी बाँकी छैन ।’

 

 

 

ओली र मोदीबीच मोदी निवास लोककल्याणकारी मार्गमा शुक्रबार साँझ करिब डेढ घन्टा एक्लाएक्लै भेटवार्ता भएको थियो । मोदीलाई भेटेपछि ओली नेपाली राजदूतावासले उनको सम्मानमा आयोजना गरेको रात्रिभोजमा सहभागी भएका थिए ।

 

भारतीय प्रधानमन्त्री मोदीले पनि ओलीलाई भेट्दा आनन्द लागेको बताएका छन् । ओलीलाई भेटेपछि मोदीले ट्विटरमा लेखेका छन्, ‘नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर आनन्दित भएको छु ।’

 

ओलीले शनिबार दिनभर महत्वपूर्ण राजनीतिक भेटघाट र औपचारिक कार्यक्रममा भाग लिनेछन् । ओली र मोदीबीच साढे ११ बजे हैदरावादहाउसमा द्विपक्षीय औपचारिक भेटवार्ता हुनेछ तर कुनै नयाँ सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम भने नरहेको परराष्ट्र मन्त्रालयका सचिव शंकर बैरागीले जानकारी दिए ।

Comments

comments

1 COMMENT

  1. There are, of coսrse, some unfavourable points to freelancing.
    One essential level is that if youu hwppen to work aas a freelance paralegal youlⅼ
    not be eligible f᧐r the kinds of benefits that youԀ have in working for a regulation firm oг a
    non-public attorney. When you feel that such “ρerҝs”
    as common medical insurance and other such advantages
    aгe esѕential, freelancing wont provide youu with these Ƅenefits.

LEAVE A REPLY