नेपाल र भारतबीच नमुना सम्बन्ध बनाउन चाहन्छौँ  : प्रम अाेली

 

कलम नेपाल

नयाँदिल्ली । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतबिच नमुना सम्बन्ध बनाउन चाहेको बताएका छन् ।

दुई देशको प्रतिनिधिमण्डलबीचको भेटवार्तापछि नयाँदिल्लीको हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा उनले नेपाल र भारतको समृद्धिमा एक अर्काको सहयोग र सहकार्य हुने नमुना सम्बन्ध होस् भन्ने आफूहरुको चाहना रहेको बताएका हुन् ।

‘हामी एउटा नमुना सम्बन्ध विकास गर्न चाहन्छौँ, जसले दुबै देशको समृद्धि सँगसँगै हुनेछ’ प्रधानमन्त्री ओलीले भनेका छन् ।

आफ्नो भारत भ्रमणले दुई देशबीच सम्बन्धको नयाँ बाटो र अर्थ पहिल्याउने पनि ओलीले बताएका छन् । उनले दुई छिमेकीबीचको सम्बन्ध २१ औं शताब्दीको यथार्थताको आधारमा हुने पनि बताएका छनु ।

तीनै तहको चुनावपछि नेपाल राजनीतिक स्थायित्वसँगै सामाजिक आर्थिक विकासको बाटोमा रहेको भन्दै प्रधानमन्त्री ओलीले यसमा भारतको सहयोग र सहकार्यको आवश्यकता रहेको बताएका छन् ।

आफ्नो भारत भ्रमणले नेपाल र भारतबिच उच्च राजनीतिक तहमा उच्च राजनीतिक सम्बन्ध विकास गर्ने पनि प्रधानमन्त्री ओलीले बताएका छन् ।

Comments

comments

1 COMMENT

  1. Ꮪingin worship songs is good but that?s not the only option ttߋ worship.?
    Ꭰaddy stated, maybе to make Larry stop singing. ?There are many wɑys to worship.

LEAVE A REPLY