जंगली हात्तीले मकै वालिमा क्षति

 

कलम नेपाल

घेरावारि ÷ बर्सेनि पाहुना जंगली हात्तीको पिर खेप्दै आएका झापाका किसानका लागि यो वर्ष अछुत रहन सकेन ।

जिल्लाको दक्षिण पूर्वमा रहेको केचनकवल गाउँपालिका एक घेरावारिका किसानले यो वर्ष समेत पाक्न लागेको बाली सग्लो थन्क्याउन पाएनन् । सिमाक्षेत्र रहेको यो गाउँमा दुई दिनदेखि भारतबाट आएका ११ वटा जंगली हात्तीको बथान पसेर मकै बाली ध्वस्त पारेको छ ।

स्थानीय बासिन्दा दलबहादुर तामाङले दिएको जानकारी अनुसार बिहीबारदेखि यो क्षेत्रमा आएको हात्तीको हुलले झन्डै दश बिगाहा भन्दा बढी क्षेत्रमा लगाएको मकै बाली खाएको छ ।

छावा सहित आएको हात्तीको बथान राती मकै वालिमा पसेर खाने तथा बोट भाचेर स्तर बनाएका छन् । तामाङले दिएको जानकारी अनुसार स्थानीय किशोर सुवेली, गोविन्द सुवेदी, देवीभक्त भण्डारी,लवनसिंह राजवंशीको १० ÷ १० कट्ठामा लगाएको मकै खेती नष्ट गरिदिएको छ । यस्तै सोही स्थानका कुसुम राजवंशीको ८ कट्ठामा लगाएको बाली नष्ट गरिदिएको छ । भने मोहन सुवेदी, दुर्गा भण्डारी, कमान्डर सतारको ५÷५ कट्ठामा लगाएको मकै खेतीमा क्षति पु¥याएको छ ।

हरियो मकै खाने बेला भएको थियो केही सुक्न लागेका थिए । मकै राम्रो फलेकाले खुसी लागेको थियो । बेलुका हरियाली मकै बारी हेरेर सुतेको बिहान उठ्दा सबै स्तर बनाएको रहेछ । मन थाम्नै गाह्रो भयो । के गर्ने दुःख गरेर लगाएको बाली पाक्ने बेलामा हात्तीले सबै नष्ट गरिदियो स्थानीय किशोर सुवेदी बताउनुहुन्छ । खेतभरि हात्ती पाइला मात्र छन् । कोही खाएको छ । केही मकैका बोट हात्ती हिँड्दा कुल्चिएर माटोमा गाडिएका छन् अर्का किसान लवनसिंह राजवंशी बताउनुहुन्छ ।

यसरी जंगली हात्ती गाउँमा पसेर बाली खान थालेपछि किसानहरू आतंकित भएका छन् । केही किसानको समूह भने हात्ती खेद्न रात भरी पुल्ठो, आगो, राँको बालेर रुङन थालेको बताउँछन् ।

जिल्लामा गत फागुन १२ मात्र जंगली हात्तीको आक्रमण बाट बिर्तामोड नगरपालिका ७ बस्ने वर्ष ७६ को महमद रसुल मियाँ र सोही नगरपालिका ३ निवासी वर्ष ६५ का हरिमन राजवंशी मृत्यु भएको थियो । प्रत्येक वर्ष भारतबाट चरनका लागि नेपाल आउने पाहुना हात्तीको आक्रमणबाट सर्वसाधारणले ज्यान गुमाउनु परेको छ ।

यस्तै हात्तीले लाखौँ रुपयाँ बराबरको बाली नष्ट गर्दै आएको छ । यसको स्थाई समाधानकालागि विभिन्न प्रयास भए पनि प्रभावकारी हुन सकेको छैन । जिल्लामा मात्र हात्तीको आक्रमणबाटमात्र हालसम्ममा ६० जना भन्दा बढीको मृत्यु भएको जिल्ला बन कार्यालय झापाको तथ्याङ्कमा उल्लेख छ ।

 

Comments

comments

LEAVE A REPLY