राराको किनारमा प्रम ओलीको सम्बोधन

 

कलम नेपाल

काठमाडौं । कर्णालीको रमणीय रारा तालको डिलमा नयाँ वर्षको झुल्के घामसँगै एउटा कुर्सी राखिएको थियो । दायाँतिर राष्ट्रिय झण्डा टाँगिएको थियो ।

राराको डिलमा स्थानीयहरु हिँडिरहेका देखिन्थे । छेउमा सेनाको हेलिकोप्टर थियो । सोही हेलीकोप्टर चढेर रारा पुगेका मन्त्रीहरु पनि छेउमा थिए । र, त्यहीँबाट प्रधानमन्त्री केपी शर्मा ओलीले भावना मिश्रित १८ पन्ने लिखित सम्वोधन गरे देशबासीका नाममा ।

प्रधानमन्त्रीले भन्दै आएको विकास, समृद्धि, तीब्र गतिको विकास, भ्रष्टाचारको अन्त्य लगायतका विषयहरु भाषणमा समेटिएका छन् ।

प्रकृतिको रमणीय वक्षस्थलमा पुगेका कारणले हुनुपर्छ, प्रधानमन्त्रीको भाषणमा सौन्दर्यरस र सपनाहरुको मिश्रणमात्रै हैन, महानन्द सापकोटाको कवितासमेत कोट गरिएको छ ।

प्रधानमन्त्रीले आफ्नो सम्वोधनमा आफू तेह्रथुमको मध्यमवर्गीय परिवारमा जन्मिएकोसमेत बताए । कर्णालीको पर्यटन प्रवर्द्धनका लागिबाट सुरु हुने रारा महोत्वसको उदघाटनपूर्व प्रधानमन्त्रीले देशबासीका नाममा सम्वोधन गरेका हुन् ।

यसअघि शुक्रबार राराको डिलमा कर्णाली प्रदेशको क्याबिनेट बैठकमा समेत प्रधानमन्त्री र काठमाडौंबाट गएका केही मन्त्रीहरुले सहभागिता जनाएका थिए ।

Comments

comments

LEAVE A REPLY