चुलाचुली गाँउपालिका कार्यालयमा बम बिस्फाेट

 

कलम नेपाल

खगते÷ इलामको दक्षिण चुलाचुली गाउँपालिका भवनमा गएराती आठ बजे शक्तिशाली कुकर बम बिष्फोट भएको छ ।

    बम बिष्फोटबाट गाउँपालिका कार्यालय भवनमा क्षति पुगेको छ । इलाम जिल्लाको चुलाचुली गाउँपालिका स्थित पेल्टिमारी प्रहरी चौकीका प्रहरी नायव निरिक्षक देवराज केसीले दिएको जानकारी अनुसार कार्यालय भवनको विभिन्न भागमा क्षति पुगेको छ ।

   बमले कार्यालयको छाना झ्याल तथा कोठामा क्षति पुगेको हो । बम बिस्फोटबाट सभाहलको छानो, कोठाको भिक्ता, बक्ती, ठोका, झ्याल लगायतका फर्निचरमा क्षति पुगेको छ । साथै कार्यालयको प्राबिधिक कक्ष, लेखा कक्ष समेतमा क्षति पुगेको जनाइएको छ ।

कार्यालयमा कस्ले बम बिस्फोट गराएको हो भन्ने खुल्न सकेको छैन । गाउँपालिकाकी उपाध्यक्ष निर्मला दाहालका अनुसार माओवादी विप्लव समूहका कार्यकर्ताले दुई महिना अघि मात्र वाड्न एकको बिकास निर्माणमा ब्यापक भ्रष्टाचार भएको भन्दै तत्काल सच्याउन सचेत गराएका थिए ।

   कार्यालयको भवन निर्माणमा भ्रष्टचार भएको र तत्काल रोक्न तथा सार्वजनिक गर्न भन्दै कार्यालयमा सचेत गराएको उपाध्यक्ष दाहालले बताउनु भयो ।

उनीहरुले सचेत गराएको र यसलाई तत्काल नसच्याइएमा कार्यालयमा बम बिस्फोट गराउने धम्की दिएको दाहालले जानकारी दिनुभयो । बिप्लवको यो भनाई आएको केही समय पछि बम बिस्फोट हुनुले उनीहरु माथि नै शंका गरिएको छ ।

  प्रहरीले यस बिषयमा थप अनुसन्धान गरिरहेको जनाएपनि हालसम्म कोही पनि पक्राउ पर्न नसकेको जनाइएको छ । 

 

Comments

comments

LEAVE A REPLY