जिब्रो छेड्ने जात्राका पाँच तस्बिर

कलम नेपाल ।

भक्तपुर थिमीको प्रख्यात जिब्रो छेड्ने जात्रामा बुद्धकृष्ण बाग श्रेष्ठले छैठौं पटक आफ्नो जिब्रो छेडाएका छन् ।

जात्रालुहरूको वाहवाहीबीच भक्तपुरको मध्यपुर थिमीस्थित बोडेमा आइतबार बुद्धकृष्ण बाग श्रेष्ठले छैठौं पटक जिब्रो छेडाएका हुन् । मध्यपुर थिमी नगरपालिका ८ बोडेकै ४६ वर्षीय स्थानीय बुद्धकृष्णले करिब एक फिट लामो फलामको सुइँरोले जिब्रो छेडाएका हुन्।

प्रत्येक वर्ष वैशाख २ गते यही ठाउँंमा जिब्रो छेड्ने जात्रा हुने प्रचलन छ । जिब्रो छेडेपछि बाँस एवम् निगालोले बनेको अर्ध चन्द्राकार महाद्वीप (भ्यय) बोकेर बुद्धकृष्णलाई बोडे परिक्रमा गराइएको थियो । टोलटोलमा घुमाई स्थानीय पाँचौँ गणेशको रथलाई भागुटोल पुर्‍याएपछि सियो निकालिएको थियो ।

३ दिनसम्म थिमीमा मनाइने जात्रा जिब्रो छेडेसँगै सकिएको छ।    

Comments

comments

LEAVE A REPLY