हिमाबीमा बिद्यार्थी भर्नाका लागि प्रवेश परिक्षा

 

टीकाराम उप्रेती
कलम नेपाल
दमक÷ देशैभरीका सरकारी विद्यालयमा विद्यार्थीको आर्कषण घटिरहेको छ । कतिपय सरकारी विद्यालय त विद्यार्थी नपाएर बन्द भएका समाचार आइरहेका छन् । गुणस्तरिय शिक्षा दिन नसकेको भन्दै अधिकांश अबिभावकले अग्रेजी माध्यममा पढाइने निजी विद्यालयमा पढाउने गरेका छन् ।

तरपनि गुणस्तरिय शिक्षा दिन सकियो भने सरकारी विद्यालयमा सर्वसाधारणको रोजाई पर्न सक्छ । सरकारी विद्यालय छाडेर भागेका विद्यार्थी पुन फर्काउन सकिन्छ भन्ने उदारण झापाको एक सरकारी विद्यालयले दिएको छ । यस्तै सरकारी विद्यालय छोडेर निजी विद्यालयमा पढाउने लहर चलिरहेको अवस्थामा अहिले जिल्लाको सरकारी विद्यालयमा भने पत्याउनै नसक्ने गरी विद्यार्थीको चाप रहेको छ ।


विद्यालयमा विद्यार्थीको चाप बढेपछि केही वर्षदेखि विद्यार्थीको प्रवेश परीक्षा नै लिएर छनोट गरेर मात्र भर्ना गर्न सुरु गरेको छ । जिल्लाको दमक नगरपालिका दुई स्थित हिमालय मावीमा अहिले विद्यार्थीले खचाखच भरिएको छ । यसरी विद्यालय विद्यार्थी थेग्नै नसक्ने भएपछि शैक्षिक सत्रका लागि सोमबार प्रवेश परीक्षा नै लिएर विद्यार्थी छनोट गरेको छ ।
देशकै नमुना बिद्ध्यालय मध्येको हिमाबीमा विद्यालय सुधारका लागि पहिलो अङ्ग्रेजी माध्यमबाट अध्यान दोस्रो गुणस्तरिय शिक्षा र तेस्रो पक्ष व्यवस्थापन सुधार गरिएको विद्यालयका प्रधानाध्यापक बिस्नुकान्त झा को अनुभव छ । मुख्य यी तीनवटा पक्षमा सुधार ल्याएपछि विद्यालयको शैक्षिक स्थिति धेरै अब्बल बनाउन सकिएको हो ।

अहिले आसपासका सम्पूर्ण निजी विद्यालयका विद्यार्थी यहाँ आउने गरेका छन् । एउटा मात्र विद्यालयले सुधार गरेका कारण यो चाप भएको हो । अन्य सरकारी विद्यालयमा समेत यस्तै सुधार हुने हो भने सर्वसाधारण नागरिकले सरकारी विद्यालयमा नै अध्यान गराउने छन् । यसकालागि विद्यालयले नै वातावरण बनाउन आवश्यक रहेको छ ।

दमक ७ कि जुनु थापा आफ्नी छोरी स्थानीय एक निजी विद्यालयबाट झिकेर हिमालय मावीमा सोमबार भएको प्रवेश परीक्षामा सामेल गराउन ल्याउनु भएको थियो । कक्षा ९ अध्यनका लागि छोरी सजिन थापालाई प्रवेश परीक्षा दिएको उहाँको भनाई छ । ठुला भए निजीले मनपरी शुल्क उठाउँछन् पढाउन नसकिने भयो त्यसैले राम्रो अध्यान हुने विद्यालय सुनेर आएको थापाले बताउनु भयो ।

उहाँजस्तै धेरै अबिभावक अहिले यो माबीमा छोराछोरी भर्नाका लागि धाउन थालेका छन् । नयाँ भर्ना गर्न आउने विद्यार्थीको सख्या थेग्नै नसक्ने गरी भयो । विद्यालयको कक्षा कोठा, शिक्षक र भौतिक संरचना र शिक्षक दरबन्दीको क्षमता अनुसार मात्र विद्यार्थी भर्ना गर्नु पर्ने बाध्यता रहेको प्रअ झा बताउनुहुन्छ ।


उहाँका अनुसार एलकेजी कक्षा एक र नौ कक्षामा गरी जम्मा १०४ जना विद्यार्थीको आवश्यकताका लागि आवेदन खुलाइएको थियो । यसका लागि सोमबार भएको प्रवेश परीक्षामा भने २५१ जनाले सहभागी थिए । एलकेजीमा पाँच जनाको लागि भएको परीक्षामा दश जना सहभागी भए । यस्तै कक्षा एकमा २४ जनाकालागि भएको परीक्षामा ३५ जनाले परीक्षा दिएका छन् । भने कक्षा ९ मा ७५ जनाका लागि भएको परीक्षामा २५१ जना सहभागी भएका छन् ।

पूर्वप्राथमिक तहदेखि माथिका सबै कक्षामा विद्यार्थी नयाँ भर्ना गर्नु पर्ने भएमा प्रवेश परीक्षा दिने गरिएको छ । परीक्षामा स्थानीयलाई पहिलो प्राथमिकता दिएर विद्यार्थी प्रवेश परीक्षा मार्फत टुङ्ग्याउने प्रयासमा रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिर्थराज बस्नेत बताउनुहुन्छ ।

विद्यालयले समयको माग अनुसार भन्दै २०६६ सालदेखि अग्रेजी माध्यमबाट पढाइ सुरु गरेको थियो । अग्रेजी माध्यमबाट पढाउन सुरु गरेसँगै विद्यालयमा प्रत्येक वर्ष विद्यार्थी भर्नाकालागि थेग्नै नसक्ने गरी चाप बढ्दै आएको छ ।
सरकारले विद्यालय बाहिर रहेको करिब ३ लाख बालबालिका अनिवार्य विद्यालय पाठाउने भर्ना अभियान चलाइ रहेको छ । झापामा तीन प्रतिशतको हाराहारीमा बालबालिका विद्यालय बाहिर रहेका छन् । शिक्षा विकास तथा समन्वय इकाइ झापाको तथ्याङक अनुसार जिल्लामा कुल १ लाख ७० हजार विद्यार्थी अध्यानरत छन् ।

भने ५ हजारको हाराहारीमा बालबालिका विद्यालय बाहिर रहेको अनुमान गरिएको छ । जिल्लामा ३६५ वटा सरकारी र ४२८ वटा निजी विद्यालय गरी कुल ७१३ वटा विद्यालय सञ्चालनमा रहेका छन् ।

Comments

comments

LEAVE A REPLY