गाडी नियन्त्रणमा लिएर सरकारले आफैं चलाउने

कलम नेपाल ।
काठमाण्डैा ,सिन्डिकेट कायमै राख्नका लागि यातायात व्यवसायीले हडताल गरे वा सवारी आवागमनमा अवरोध पुर्याए सरकारले सुरक्षाकर्मी परिचालन गरी गाडी नियन्त्रणमा लिएर सञ्चालन गर्ने भएको छ ।

यातायात व्यवसायीले सिन्डिकेटका लागि आन्दोलन घोषणा गरेपछि कडा रुपमै एक्सनमा जान खोजेको सरकारले आन्दोलन र हडतालमा उत्रे तत्काल रुट परमिटसमेत खारेज गरी गाडी नियन्त्रण लिने तयारी गरेको हो ।

बनेपा रुटमा मयूर यातायातलाई बस चलाउन इजाजत दिएपछि व्यवसायीले सरकारी निर्णयको अवज्ञा गर्दै वैशाख २० देखि आन्दोलन घोषणा गरेका छन् ।

उनीहरुले अनिश्चितकालीन चक्काजामको धम्की दिएका छन् । कान्तिपुरका अनुसार यसकै जवाफमा गृह मन्त्रालयले यात्रुको आवागमनलाई असर नपर्ने गरी सुरक्षा निकाय परिचालन गरी यातायात सञ्चालन गर्ने बताएको हो ।

Comments

comments

LEAVE A REPLY