दुर्घटनामा दम्पतीको मृत्यु

 

कलम नेपाल

झापा । पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको दुर्गापुरमा सवारी दुर्घटना हुँदा दम्पतीको मृत्यु भएको छ  ।

मृत्यु हुनेमा मंगलबार अपरान्ह ट्रिपरको ठक्करबाट स्कुटरमा सवार श्रीमान–श्रीमतीको मृत्यु भएको हो । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १६ प ४२०८ नम्बरको स्कूटरलाई पछिपछि जाँदै गरेको ना ७ ख ८०१८ नम्बरको ट्रिपरले ठक्कर दिएको थियो ।

यसरी भएको दुर्घटमा धनकुटा देब्रेबास–४ का ४२ वर्षीय राजेश श्रेष्ठ र उनकी श्रीमती ३३ वर्षीया पुष्पा श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक राजेश राईका अनुसार स्कुटर चालक सोही स्कुटरमा सवार श्रेष्ठ दम्पत्तिका १३ वर्षीय छोरा रोशन श्रेष्ठ सामान्य घाइते भएका छन् । उनको बिर्तामोडस्थित बी एण्ड सी हस्पिटलमा उपचार भइरहेको छ ।

स्कुटरलाई ठक्कर दिने ट्रिपर र त्यसका चालकलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको छ ।

Comments

comments

LEAVE A REPLY