प्रदेश १ र २ मा विद्युत् चुहावट १४ प्रतिशत

कलम नेपाल

मोरङ  प्रदेश १ र २ मा पर्ने जिल्लाहरुमा विद्युत् चुहावटको परिमाण १४ प्रतिशत देखिएको छ । नेपाल विद्युत् प्राधिकरणले यी क्षेत्रमा चुहावट निकै घटेको दाबी गरे पनि १४ प्रतिशत चुहावट देखिएको हो ।

प्राधिकरणकाअनुसार चालु आर्थिक वर्षमा मेची, कोशी र सगरमाथा गरी तीन अञ्चलमा विद्युत् चुहावट १३ दशमलव ७४ प्रतिशत छ । गत आर्थिक वर्ष २०७३र७४ मा चुहावटको मात्रा १७ दशमलव ६५ प्रतिशत रहेको कार्यालयको दाबी छ ।

गत माघ महिनासम्मको अध्ययन र तथ्याङ्कले विद्युत् चुहावट ३ दशमलव ९१ प्रतिशतले घटेको प्राधिकरणको क्षेत्रीय कार्यालयले जनाएको छ । सो कार्यालयका अनुसार गत आर्थिक वर्षका तुलनामा चालु आर्थिक वर्षमा महसुल असुली वृद्धि भएको छ ।

गत आर्थिक वर्षमा कुल महसुलमध्ये ९७ दशमलव २ र चालु आर्थिकमा ९८ दशमलव ८८ प्रतिशत असुल गरिएको कार्यालयले जनाएको छ । प्राधिकरणले चालु आर्थिक वर्षको सात महिनामा ४७ करोड २१ लाख ८९ हजार ४ सय ७१ युनिट विद्युत् बिक्री गरी ४ अर्ब ५३ करोड ६६ लाख ९५ हजार ३ सय ८३ रुपैयाँ संकलन गरेको छ ।

गत आर्थिक वर्षमा ७३ करोड ८९ लाख ९९ हजार ८ सय १३ युनिट विद्युत् बिक्रीबाट ६ अर्ब, ९६ करोड ६३ लाख ३१ हजार ९ सय ४६ रुपैयाँ असुल गरिएको थियो ।

 

Comments

comments

LEAVE A REPLY