गृह जिल्लामा प्रम अाेलीले भन्नु भयो : देश समृद्धिको बाटोमा अघि बढ्यो

 

टीकाराम उप्रेती

कलम नेपाल ।

दमक, प्रधानमन्त्री केपी शर्मा ओलीले विगतका लामो समय शासन गर्ने शासकको गलत मनसाय, योजना र नीतिको सिकार भएका कारण नेपाल गरिब हुनुपरेको बताउनुभयो ।

देश प्राकृतिक स्रोत साधनले समृद्ध छ । यसमा पनि महान् विद्धान् पुर्खाहरूका सन्ततिको देश हो । नेपाल २५ सय वर्ष भन्दा अघि मानवलाई अहिंसाको बाटोमा हिँड्न प्रेरणा दिने भगवान् गौतम बुद्धको देश हो । कृषि उत्पादन योग्य तराईका फाँटदेखि विश्वकै संरक्षित क्षेत्र जैविक विविधता भरिएको चुरे, पहाड र सुन्दर हिमालको देश हो नेपाल । त्यस अर्थमा पनि नेपाल गरिब हुनै नसक्ने प्रधानमन्त्री ओलीको तर्क थियो ।

मङ्गलवार गृह जिल्ला झापामा आयोजना गरिएका विभिन्न कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो,  यस्ता अमूल्य प्राकृतिक सम्पत्तिको दीर्घकालीन योजना बिना लामो समयसम्म गलत प्रयोग भयो । इतिहासदेखि देश चलाउने शासकहरूले बाहिर मिठामिठा भाषण गर्ने तर भित्रभित्रै भष्टाचार, कमिसनले मुकुल चुर्लुम्म बनाएका थिए । यस्तै गलत नीतिले गरिब मुलुकमा दर्ज हुनुपरेको छ । नेपाल गरिब हुनै सक्दैनथ्यो । तर यो देशलाई गरिब बनाइयो ।

यही गलत नीतिका विरुद्ध र समृद्धिका लागि नेपाली जनताले आधा साताब्दी भन्दा बढी समय लड्नु प¥यो । यसबाट प्राप्त जनताका मौलिक अधिकार स्थापित गर्दै अघि बढ्नु पर्ने सरकारले आफ्नो दायित्वको रूपमा लिएको छ । जनताले निरन्तर लडेर आज देशमा समृद्धिको बाटो खोलेका छन् । अहिले जनताले आफ्नो अनुकूल दीर्घकालीन विकास निर्माण योजना बनाउन सक्ने नीति कानुन बनाएका छन् । जस अनुकूलको सरकार निर्माण गरेका छन् । यो सरकारको पुरै शत्ती देशलाई समृद्धि बनाउनमा लाग्ने प्रधानमन्त्रीको ओलीको दाबी थियो ।

नेपालको संविधानको धारा १६ देखि ४८ सम्म मौलिक हक सम्बन्धी व्याख्या गरिएको छ । यो कसैले तिमीहरूलाई चाहिन्छ भनेर दिएको होइन, जनताले लडेर ल्याएका हुन् । त्यसैले अब जनता समृद्धिको बाटोमा अघि बढ्दै छन् । राजनीतिको नाम वा आफ्नो नाम आएन भन्दै केही मानिसले ठाँउठाँउमा विकासमा अवरोध गरिरहेका छन् । अब देश विकास र समृद्धि तर्फ अघि बढ्यो यो गतिलाई कसैले रोक्न नसक्ने प्रधानमन्त्री ओलीले बताउनु भयो ।

देशमा शिक्षा, स्वास्थ्य, कृषि खेलकुद, रोजगार, उद्योग कलकारखाना लगायतको क्षेत्रमा सरकारले पहिलो प्राथमिकता दिएको उहाँले बताउनु भयो । अहिलेको शिक्षा जागिर खानका लागि मात्र भएको छ । अबको शिक्षा गरिखाने खालको गुणस्तरिय बनाउनमा सरकार लागेको छ । फुटबल, क्रिकेट, जस्ता खेलमा नेपालले ठुलो प्रगति गर्न सक्ने सम्भावना देखिएको छ । यसकालागि व्यवस्थित रङ्गशाला निर्माण गरिने प्रधानमन्त्रीले बताउनु भयो ।

देशमा उपलब्ध विद्युत् घरमा उज्यालो बाल्नका लागि मात्र भएको छ । ठुलठुला उद्योग धन्दा चलाउन अझै धेरै विद्युत् उत्पादन गर्नु पर्ने आवश्यकता छ । उहाँले हावाबाट विद्युत् निकाल्न सकिन्छ भन्ने कुरा गर्दा उडाउने गरिएको प्रसङ्गलाई जोड्दै भन्नुभयो, हावा, पानी, सौर्य शत्ती सबैबाट विद्युत् उत्पादन गर्न सकिने अध्यान भइरहेको बताउनुभयो ।

प्रधानमन्त्री ओली एक फरक प्रसङ्गमा भन्नु भयो, नेपालमा सुकुम्बासी समस्या समाधानका नाममा जता जता खाली स्थान छ । त्यहाँ छाप्रा हालेर बस्ने गरिन्छ । अनि त्यसैलाई सहर भने व्याख्या गरेको पाइन्छ । केहीले हामी सुकुम्बासी हाम्रो घर उठाउन पाइँदैन भन्ने गरिन्छ ।

यी सबै समस्याको एकमुष्ट समाधान गर्ने प्रयासमा सरकार रहेको छ । यस्ता समस्या सामाधानकालागि अब देशमा वैज्ञानिक तरिकाले आधुनिक व्यवस्थित सहर निर्माणको योजना अघि सारेको छ । यस्ता सहरमा खानेपानी, खेल मैदान, विद्यालय, स्वीमिङपुल, पार्क, व्यवस्थित पार्किङ लगायतका संरचना सहितको सहर निर्माण हुनुपर्नेमा ओलीले जोड दिनुभयो ।

 

 

Comments

comments

LEAVE A REPLY