के हो प्रथम नागरिक ?

 

टीकाराम उप्रेती
कलम नेपाल

दमक । नेपालमा सङ्घीय राज्य घोषणा भएपछि पहिचानको मुद्दा समेत चर्को गरी उठेको छ । यसलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा नेपालमा विभिन्न छलफल र बहस चलिरहेका छन् ।

पहिचानवादीले आफ्नो पहिचान सहितको सङ्घीय राज्य घोषणा गरिनु पर्ने माग समेत उठाइरहेका छन् । भने यस विषयलाई केहीले साप्रदायिकको संज्ञा समेत दिइरहेका छन् । नेपालमा कसरी कार्यान्वय गर्न सकिन्छ भन्ने कानुनका ज्ञाता र समाज शास्त्री आफ्ना धारणा सुझाव राखिरहेका छन् । पहिचानका पाँच आधार भन्दै केही जातीय सस्थाले आधार समेत प्रस्तुत गरेका छन् ।

यस्तै पहिचानको बहस चलिरहेको अवस्थामा झापाको दमक नगरपालिकाले देशमा नै पहिलो पटक प्रथम दमक नगरपालिकाको प्रथम नागरिक भनेर घिमाल जातिलाई घोषणा गरेर नयाँ अभ्यास सुरु गरेको छ । स्थानीय सरकार समेत भनिने नगरपालिकाले प्रथम नागरिक घोषणा मात्र गरेको छैन ।

दमक नगरपालिका कार्यालय परिसर अगाडी धिमाल जातीको साकेंतिक प्रतिमा स्थापना गरिएको छ । पहिचान स्थापित गर्ने गरी नेपालमा नै पहिलो पटक दमक नगरपालिकाले कानुनी रूपमा नै घिमाल जातिलाई पहिलो नागरिक स्वीकार गरेको छ ।

दमक नगरपालिका क्षेत्रमा पहिलो पटक पाइला टेक्ने जाती नै धिमाल जाती हो । यसको दमक नगरपालिको विभिन्न अध्यान गरेको दमक नगर प्रमुख रोमनाथ ओली बताउनुहुन्छ । नगरपाकिाले खोज अनुसन्धानबाट धिमाल जातिलाई प्रथम नागरिक नै हो भन्ने पुष्टि भएपछि २०७४ साल अरोज ३० गते सोमबार बसेको दमक नगरपालिकाको प्रथम नगर सभाले घोषणा गरेको थियो ।

घोषणा बमोजिम नै घिमाल जातीको परम्परा झल्कने सांकेतिक प्रतिमा निर्माण गरिएको हो । यसरी निर्माण गरिएको प्रतिमाको प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार औपचारिक रूपमा अनावरण समेत गर्नुभयो । प्रथम नागरिक घोषणा भएपछि सबै घिमाल जातिले यसको भव्य स्वागत समेत गरेका थिए । घिमाल जातीको लोप हुन लागेको भाषा, लिपी, संस्कार र संस्कृति संरक्षणमा सकारात्म रहेको धिमाल जाती विकास केन्द्रका अध्यक्ष लोक बहादुर धिमाल बताउनुहुन्छ ।

दमक नगरपालिका क्षेत्रमा दश हजारको हाराहारीमा रहेका घिमाल जाती पूर्ण रूपमा कृषि पेसामा आबद्ध छन् । प्रथम नागरिक घोषणा गरिए सँगै यो जातीको संरक्षण तथा उत्थानमा दमक नगरपालिकाले विभिन्न कार्यक्रम समेत घोषणा गरेको छ । प्रधानमन्त्री घिमाल कार्यक्रम अन्तर्गत दमकका खरखेरलाई सिमसार क्षेत्र विकास गर्ने । पोखरी, पार्क निर्माण योजना अघि सारिएको छ ।

दमक ३ मा दावागाछीका १० वटा घिमालको घरमा होमस्टे सञ्चालन गर्ने योजना रहेको जनाइएको छ । यस्तै घिमाल जाती लक्षित कुटेर उद्योग सञ्चालन गरिने छ । घिमाल समुदायको बसोबास रहेको दमक ४ स्थित ठुलो अर्नाखाडीमा १७ कट्ठा जग्गामा चिडियाखाना निर्माण गरिने भएको छ ।

उत्तरको भोट बर्मेली सँग मिल्दोजुल्दो भाषा संस्कृति भएको धिमाल जाती सन् १८४७ मा नेपाल आएको भारतका लेखक डाक्टर हर्सनले लेखेको पुस्तकमा उल्लेख छ । तत्कालीन अवस्थामा यस क्षेत्रमा घनाजंगल रहेको थियो । यस वेला बाघ भालु जस्ता हिंस्रक जंगली जनावरको भय हुन्थ्यो । यी जनावारहरुबाट बच्न धिमाल जातिले भालालाई आफ्नो मुख्य हतियारको रूपमा मान्ने गरेका थिए ।

यिनै इतिहासको आधारमा घिमाल जाती प्रथम नागरिकको दर्जा प्राप्त गरेका छन् । घोषणाले नेपालमा उठिरहेको पहिचानको अभ्यासलाई समेत उदारणको रूपमा लिन सकिन्छ ।

Comments

comments

LEAVE A REPLY