विवादले प्रदेशको नामाकरण टुङ्गो लाग्न ढिलाइ : प्रम ओली

कलम नेपाल ।
झापा वैशाख १९ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विवाद भएकै कारण प्रदेशको नामाकरणको टुङ्गो लाग्न ढिलाइ भइहरेकोे बताउनु भएको छ ।

६ नम्बर प्रदेशले आफ्नो नाम कर्णाली प्रदेश बनाइसकेको उदारण प्रस्तुत गर्दै प्रधानमन्त्री ओलीले अन्य प्रदेशले समेत नाममा विवाद नगरी सहमति गर्न सुझाव दिनुभयो । उहाँले एक नम्बर प्रदेशको बैकल्पिक नाम कोसी प्रदेश अर्थात् विश्वको सर्वोच्च शिखर सगरमाथाको प्रचलित नाम सगरमाथा प्रदेश नाम राख्दा कसैलाई अप्ठ्यारो नपर्ने सुझाव दिनुभयो ।

प्रधानमन्त्री ओली गृहनगरमा झापाको दमकमा बुधवार खानेपानी उद्घाटन सभालाई सम्बोधन गर्दै ओली यस्तो धारण राख्नु भएको हो । आफू यही जिल्लामा राँगा वयलगाडा चलाएर हुर्केको स्मरण गर्दै प्रधानमन्त्री ओलीले भन्नु भयो, अहिले विभिन्न स्थानमा राजधानी सार्ने र आफूले भनेको नाम राख्ने विषयमा विवाद हुने गरेको छ । यस्ता विषयले विकासमा अवरोध भएको छ ।

अब राजधानी र नाम जहाँ जहाँ जे जे राखेपनि देशको सबै क्षेत्रको विकास समान रूपले हुने उहाँले बताउनु भयो । हामी देश विकास र समृद्धिको बाटोमा अघि बढ्ने बेलामा साना विषयमा विवाद झिकेर अलमल गर्नु नुहनमा उहाँको जोड थियो ।
प्रधानमन्त्री ओलीले देशमा पहिलेका ७५ र अहिलेका ७७ जिल्लाको नै भ्रमण गरिसकेको प्रसङ्ग जोड्दै कुन जिल्लामा कस्तो विकास छ भन्ने बारेमा आफू जानकार रहेको बताउनु भयो । सरकारले विकासमा सबै क्षेत्रलाई त्यहाँको भौगोलिक अवस्था अनुसार योजना बनाएर जाने छ । देश विकासको बाटोमा तीव्र गतिले अघि बढ्ने छ ।

अबका किसान हलो र कोदालो समाएर किसान हुन सक्दैनन् । आधुनिक कृषि यन्त्रको प्रयोग गरेर ब्यवसाययिक आधुनिक खेतीमा लाग्नु पर्छ प्रधानमन्त्री ओलीले भन्नुभयो । आफूले कटान रोक्न नदीका पाता कस्नु पर्छ । रेल कुदाउनु पर्छ । ग्यासको पाइप घर घरमा पुर्‍याउनु पर्छ भन्दा सबै छक्क पर्ने गरेका थिए । अब तपाइहरूलाई केही समयपछि सबै कुराको अनुभव दिलाई दिन्छु तिबद्धता जनाउनु भयो ।

विकासको अर्को बाधक भनेको देशमा व्याप्त भ्रष्टाचार रहेको छ । सरकारले कुनै हालतमा पनि भष्टचारीलाई उन्मुक्त्ती दिने छैन । भ्रष्टाचारी कहिले पनि आफ्नो हुँदैन त्यसैले यस्ता मानिसलाई काहीँ छुट दिन नहुने उहाँको जोड थियो ।

एक फरक प्रसङ्गमा प्रधानमन्त्री ओलीले भन्नुभयो, गुणस्तिय शिक्षाका लागि योग्य शिक्षकले मात्र अध्यान गराउनु पर्ने बताउनु भयो । सामुदायिक विद्यालयको गुणस्तर कमजोर हुँदै गएको प्रसङ्गलाई जोड दिदैं प्रधानमन्त्री ओलीले गुणस्तरिय शिक्षा दिन नसक्ने शिक्षकले तुरुन्त राजिनाम दिन समेत सुझाव दिनुभयो । पढाउन नसक्ने शिक्षकले गर्दा सरकारी विद्यालयको गुणस्तर खच्कदै गएको छ । पढाउन नसक्ने शिक्षकले हजारौँ बालबालिकाको भविष्यमाथि खेलबाड गर्न नहुने बताउनु भयो ।

अहिले सरकार सामुदायिक विद्यालयमा निःशुल्क शिक्षा दिइरहेको छ । तर पनि विद्यार्थी खोज्दै हिँड्नु पर्ने अवस्था आएको छ । प्रधानमन्त्री ओलीकै शब्दमा, “यस्ता दिन अब गए अबको शिक्षा भनेको गुणस्तरिय हुनुपर्छ ।”

नक्कली काम गर्ने, नक्कली डकुमेन्ट बनाउने, जन्म दर्ता सच्याउने गरेका जस्ता दुइनम्बरी काम गर्नेलाई लक्षित गर्दै प्रधानमन्त्रीले अगाडी भन्नु भयो, अब यस्ता दिन गए । सरकारले अध्याधुनिक मेसिन रिडेवल स्मार्ट राष्ट्रिय परिचय पत्र लागु गर्ने तयारी गरी रहेको बताउनु भयो । यसबाट त्यो ब्यत्तीको तीन पुस्तादेखि विवरण, पेसा, आम्दानी, देखि अचारण मुद्दा समेतको रेकर्ड रहने छ । यस पछि यस्ता विषय क्रमशः नियन्त्रण हुने उहाँको दाबी छ । यसका साथै देशका सबै कार्यालयमा आधुनिक आइटी मैत्री बनाइने घोषणा गर्नु भयो ।

प्रधानमन्त्री ओलीले बुधवार बिहान दमक नगरपालिकाले घोषणा गरेको प्रथम नागरिक धिमाल जातीको प्रतिमा अनाबरण गर्नु भएको छ । भने यस लगत्तै दमक खानेपानीको उद्घाटन गर्नु भएको थियो । दमक खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले दमकमा ३० करोड २६ लाखमा खानेपानी आयोजना सम्पन्न गरेको थियो ।

यो कार्यक्रम सक्न साथ दमक मुख्य बजारमा निर्माण गरिएको आधुनिक पानीको फोहोरा सहितको नमुना बजारको उद्घाटन गर्नुभएको छ ।
भने मोफसलमा सर्वाधिक पुरस्कार राशि भएको दमक गोल्डकप खेलको उद्घाटन समेत गर्नु भएको छ ।

 

Comments

comments

LEAVE A REPLY