गुडिरहेको बसमा पेट्रोल बम प्रहार

 

कलम नेपाल

काठमाडौं बाट दाङ आउँदै गरेको एउटा यात्रुबहाक बसमा पेट्रोल बम प्रहार भएको छ ।

अज्ञात समूहले कपिलबस्तुको गोरूसिङ्गे र चार नम्वरको विचमा पर्ने बन्गैं भन्ने स्थानमा शनिबार बिहान पेट्रोल बम प्रहार गरेको थियो। रा ६ ख ३९७० नम्वरको मालिका कालिका प्रालिको बसमा शनिबार बिहान ५ बजेतिर पेट्रोल प्रहार भएको प्रालिका अध्यक्ष सुमन पोखरेलले सेतोपाटीलाई जानकारी दिए।

पोखरेलका अनुसार दुई जनाको संख्यामा रहेका अज्ञात व्यक्तिले गुडिरहेको बसमा पेट्रोल बम प्रहार गरेका थिए। बम प्रहार गरे लगतै चालकको पछाडिको भागमा आगो लागेको थियो। ‘ड्राइभरको पछाडिको एक र दुई नम्वर सिटको नजिकको बडीमा ह्वाहार्ती आगो लागेपछि यात्रु र गाडिका स्टाफको प्रयासले आगो निभाइएको हो,’ अध्यक्ष पोखरेलले भने। उनले सम्भावित ठूलो क्षति हुनबाट बस जोगिएको जानकारी दिए ।

काठमाडौंबाट दाङ तुलसिपुर तर्फ आउँदै गरेको उक्त बस अहिले प्रहरीले स्कटिङ गरेर दाङ ल्याउँदै गरेको अध्यक्ष पोखरेलले बताए। पेट्रोल बम कस्ले प्रहार गरेको होरु भन्ने सवालमा यकिनका साथ भन्न नसकिने अध्यक्ष पोखरेलले बताए ।

‘नेपाल कम्यूनिष्ट पार्टीको पनि नेपाल बन्द छ र अर्को तर्फ यातायात समितिहरु पनि आन्दोलनमा छन्। त्यसैले कस्ले पेट्रोल बम प्रहार गरेको हो भन्ने कुरा प्रहरीले पत्ता लगाउला,’ उनले भने। उक्त बसका चालक चन्द्रबहादुर डाँगीले यात्रुले बसको बडीमा लागेको आगो चलाखी पूर्वक तत्कालन मिनरल वाटर हालेर निभाएको हुँदा ठूलो क्षतिबाट जोगिएको बताए।

‘गाडि चलाईरहेको थिएँ, ऐनामा एक्कासी आगो बलेको देखेर निकै आत्तिएँ। तर, चलाख प्यासेन्जरले आफ्नो मिनरल वाटर हालेर निभाउनु भयो,’ चालक डाँगीले भने।

यसैबीच उनले बिहान साढे ९ बजेतिर बस दाङको घोराहीको चौपट्टा आइपुगेको जानकारी दिए। ‘प्रहरीको स्कटिङमा आइरहेका छौं, त्यसैले चिया खाजा पनि खान पाएका छैनौं,’ चालक डाँगीले भने। डाँगीले सडक छेउमा उभिएका दुईजना व्यक्तिले बसमा पेट्रोल बम हानेर भागेको बताए ।

Comments

comments

LEAVE A REPLY