दमकमा अागलागी

 

कलम नेपाल

दमक झापाको दमकमा आइतबार मध्यान्ह्र आगलागी भएको छ ।

दमक १ स्थित हवल्दार चौक स्थित पदम ओलीको घर नजिकै रहेको परालको कुन्युमा आगो लागेको हो । मध्यान्ह्र आगलागी हुँदा २४ हजार बराबरको पराल जलेर नष्ट भएको छ ।

आगोलागेको खबर पाउना साथ दमक नगरपालिकाका दुई वटा दमकलले आधा घण्टामा नियन्त्रण लिएको थियो ।

व्यस्त बजारको बीचमा भएको आगलागी समयमा नै नियन्त्रण भएकाले थप क्षति हुनबाट बचेको छ । स्थानीय प्रकाश बुढाथोकीले किनेर राखिएको परालमा आगलागी भएको थियो ।

आगलागी कस्ले लगाएको हो भन्ने बिषयमा प्रहरीले अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरिक्षक बुद्धि चौँलागाईले जानकारी दिए ।

 

Comments

comments

LEAVE A REPLY