प्रणामी युवा झापाको जिल्ला अधिवेशन सकियो

कलम नेपाल ।
बिर्तामोड , कृष्ण प्रणामी युवा परिषद् नेपालको जिल्ला कार्यसमिति झापाको ११औँ अधिवेशन श्री कृष्ण प्रणामी मन्दिर चारपानेमा शनिवार सम्पन्न भएको छ ।

सुभाष रिजालको अध्यक्षतामा २१ सदस्य कार्य समिति चयन गर्दै उक्त अधिवेशन सकिएकोहो ।
झापाका ३४ वटा शाखा समितिका २०० भन्दा बढी प्रतिनिधि, पर्यवेक्षक र सुन्दरसाथहरुको उपस्थितीरहेको अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले कृष्ण प्रणामी युवा परिषद्ले सामाजिक क्षेत्रमा गरेका कामहरूको प्रशंसा गर्दै युवाहरूमा सकारात्मक सोचको विकास र दुव्र्यसन मुक्त समाजको निमार्णमा जोड दिए ।

परिषद्का अध्यक्ष अनिल ढुंगानाको अध्यक्षतामा भएको अधिवेशनमा नेत्रहीन सङ्घ झापाका अध्यक्ष द्रोण निरौलालाई प्रमुख अतिथिबाट सेतो छडी वितरण, संस्थाका १२ जना पूर्व अध्यक्षहरूलाई सम्मान तथा विभिन्न मन्दिरहरूका विशिष्ट व्यत्तिहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा श्री कृष्ण प्रणामी सेवा समिति नेपालका उपाध्यक्ष शान्ति प्रसाद सापकोटा, पदम प्रसाद पोखरेल, केन्द्रीय सदस्य शारदा थपलिया, युवा परिषद्का केन्द्रीय अध्यक्ष मातृका प्रसाद प्याकुरेल, उपाध्यक्ष विष्णु प्रसाई, केन्द्रीय सदस्य यज्ञ ढकाल, कमल कोइराला, राम दाहाल, झापा जिल्ला सत्सङ्ग परिषद्का अध्यक्ष मिलन कुमार बस्नेत, पूर्व अध्यक्ष युवराज संग्रौला, वाइजु महारानी सङ्घ उपाध्यक्ष लीला देवी घिमिरे लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

युवा परिषद्का सचिव छवि थपलियाले सञ्चालन गरेको कार्यक्रममा धरान मन्दिरका सन्तमहाराज जगतानन्द, ज्यामिरगढीका महाराज चरणदास शिवाकोटी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष टंक सिटौला र स्वागत भजन चाराली प्रारम्भिक समितिका बालबालिकाहरूले गाएका थिए ।

२१ सदस्यीय निर्वाचित कार्यसमितिमा उपाध्यक्ष टहलदास ओली र दीपक दिनेश दाहाल, सचिव सुरज सापकोटा, सह–सचिव समर्पण खतिवडा, कोषाध्यक्ष मोहन अधिकारी र सदस्यहरू क्रमशः लोकनाथ निरौला, कुमार कार्की, सञ्जय कोइराला, नवराज पोखरेल, रमेश सुवेदी, रोसन आचार्य, फडिन्द्र प्रसाद खरेल, दधिराम तिम्सिना, वेदकुमार खरेल, भीम कडरिया, रमेश खड्का, गंगा भट्टराई, दिनेश कुमार उप्रेती, कमल पौडेल र उमेश मिश्र रहेका छन् । त्यसै गरी आगामी केन्द्रीय अधिवेशनका लागि अनिल ढुंगाना, छवि थपलिया र टिका दत्त प्याकुरेल प्रतिनिधिमा सर्वसम्मत चयन भएका छन् ।

Comments

comments

LEAVE A REPLY