एमाले माओवादी पार्टी एकतामा ‘ब्रेक थ्रू’

 

कलम नेपाल

काठमाण्डाैँ

माओवादी अध्यक्ष प्रचण्डले एकीकृत पार्टीमा आफ्नो हैसियत कमजोर हुन नदिन एमालेसँग बराबर हिस्सा माग्दै आएका थिए । केपी ओलीले प्रचण्डका मागहरू पूरा गरिदिने सहमति जनाएपछि एकता प्रक्रिया टुङ्गोमा पुग्ने स्थिति बनेको हो ।

माओवादी अध्यक्ष प्रचण्डले ओली प्रधानमन्त्रीको हैसियतमा रहुन्जेल आफू पार्टीको कार्यकारी अध्यक्ष हुन पाउनुपर्ने, महाधिवेशनपछि आफूलाई अध्यक्ष बनाउन लिखित सहमति गर्नुपर्ने र आधा कार्यकाल प्रधानमन्त्री बन्न पाउनुपर्ने सर्त अघि सारेपछि एकता प्रक्रिया अवरुद्ध हुँदै आएको थियो ।

दुवै पार्टीका नेताहरूले बाहिर नल्याए पनि ओली र प्रचण्डबिच केही विषयमा भद्र समझदारी भएको छ । प्रचण्डको मुख्य चासो रहेको केन्द्रीय कमिटीमा बराबरीको हैसियतलाई ओलीले अधिकतम सम्बोधन गरेको स्रोतले जनाएको छ ।

माधव नेपाल, झलनाथ खनाल लगायतका नेताहरूसँगको परामर्शमै ओलीले प्रचण्डका सरोकार सम्बोधन गरेको एमालेका एक नेताले बताए । एमालेको हाल कायम रहेको २ सय सदस्यीय केन्दीय कमिटी यथाव रहनेछ । माओवादीलाई यसअघि ९९ सदस्य भनिएकोमा अब करिब ५० जना थप गरेर ६०र४० को हैसियतमा एकीकरण हुने भएको छ ।

स्रोतका अनुसार रामबहादुर थापा बादल संयोजक रहेको विधान मस्यौदा कार्यदलले प्रस्ताव गरेको २९९ सदस्यीय केन्द्रीय कमिटीको आकार अब केही ठुलो हुने भएको छ । माओवादीको मागलाई सम्बोधन गर्ने गरी ३५० को आसपासमा केन्द्रीय कमिटी बन्ने भएको छ ।

यसअघि पेरिसडाँडामा बसेको पार्टीको सचिवालय बैठकमा माओवादी अध्यक्ष प्रचण्डले एमालेको महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति र माओवादीको सचिवालय समाहित भएर नयाँ पार्टीको केन्द्रीय समिति बन्नसक्ने बताएका थिए । यसो हुँदा केन्द्रीय समितिमा चार सयको हाराहारीमा सदस्य रहने प्रचण्डको भनाइ थियो । यसमा दुवै पार्टीका सदस्यहरूको सङ्ख्या समान हुने, नभए थोरै मात्र तलमाथि हुने ब्रिफिङ प्रचण्डले गरेका थिए ।

एमालेको महाधिवेशनबाट निर्वाचित सदस्यहरूलाई छुटाउन नमिल्ने भएकाले माओवादीको सचिवालयमा रहेकाहरु बाहेक अन्य छुट्न सक्ने सङ्केत प्रचण्डले गरेका थिए । एमालेको हाल कायम रहेको २ सय सदस्यीय केन्द्रीय कमिटी यथावत् रहनेछ । माओवादीलाई यसअघि ९९ सदस्य भनिएकोमा अब करिब ५० जना थप गरेर ६०र४० को हैसियतमा एकीकरण हुने भएको छ । यद्यपि दुवै पक्षले प्रतिशतका आधारमा केन्द्रीय कमिटी नबन्ने बताइरहेका छन् ।

पार्टी एकता संयोजन समितिमा रहेका एक सदस्यले भने(‘प्रतिशत तोकेर होइन, आवश्यकताका आधारमा ३५० हाराहारीको केन्द्रीय कमिटी बन्छ । एमालेका २ सय र माओवादीका डेढ सय समायोजन गर्दा सम्मानजनक एकता हुन्छ । यसो गर्दा जनमत, दुवै पार्टीको आकार र कार्यकर्ताको भावना पनि समेटिन्छ ।’

केन्द्रीय कमिटी ३५० माथिको भएपछि पोलिटब्यूरो पनि ११५ सदस्यीय हुनेछ । त्यस्तै स्थायी कमिटी ३७ देखि ३९ सदस्यको बिचमा रहने वार्ता प्रक्रियामा सहभागी नेताहरूले बताएका छन् । पार्टीको दैनिक कार्यसञ्चालन गर्न दुवैअध्यक्षले तोकेका कम्तीमा एकरएकजना नेता संयोजक र सहसंयोजक रहने गरी केन्द्रीय सचिवालय बन्नेछ ।

प्रचण्डका चार सरोकारः तीन वर्षपछि प्रधानमन्त्री १

पार्टी एकीकरण टुङ्गो लगाउनुअघि प्रचण्डले मुलतः चार विषयमा आफ्नो हात तल नपरोस् भनेर ग्यारेन्टी खोजेका थिए ।

१ केन्द्रीय कमिटीमा लगभग समान हैसियत,जसले गर्दा भोलि एमालेभित्रका ओली विरोधीको साथ लिएर बहुमतमा पुग्न सकियोस् ।

२ आगामी दुई वर्षपछि हुने एकता महाधिवेशनबाट आफूलाई अध्यक्ष बनाउन एमाले नेताहरू सहमत हुनुपर्ने, जसले गर्दा सङ्ख्याको बलमा पूर्व एमाले समूह विगतमा मार्क्सवादीमाथि हाबी भएजस्तो नहोस् ।

३ केपी ओली प्रधानमन्त्री हुन्जेल आफूले कार्यकारी अधिकार प्रयोग गर्न पाइयोस् । जसले गर्दा यो बिचमा एकीकृत पार्टीमा आफ्नो प्रभाव र दबाब बलियो बनाउन सकियोस् ।

४ प्रधानमन्त्री पद आधा(आधा कार्यकाल बाँड्न ओलीले लिखित सहमति गरून् । जसले गर्दा विगतमा जस्तो भद्र सहमतिमा धोखा नहोस् ।

यी चार विषयमा प्रचण्ड र ओलीबिच केही सहमति भएका छन्, जसका बारेमा दुवै पार्टीका केही शीर्ष नेतालाई मात्र जानकारी दिइएको छ । ओलीले प्रचण्डलाई २ वर्षपछिको अध्यक्ष ग्यारेन्टी गर्न सकेनन् । तर, तीन वर्षपछि प्रधानमन्त्री पद हस्तान्तरण गर्न भने सहमति जनाएका छन् ।

प्रचण्ड दुई वर्षका लागि प्रधानमन्त्री हुने भद्र सहमति भएको छ । तर, यसलाई लिखितरुपमा सार्वजनिक गर्दा सरकार कमजोर नहोस् भन्नेमा दुवै पक्ष सहमत भएका छन् । प्रचण्डले आधा(आधा कार्यकाल मागे पनि अन्तिममा २ वर्षमा सहमति भएको हो ।

केन्द्रीय कमिटीमा बराबरी हैसियत नभए पनि माओवादीले कम्तीमा ३८ देखि बढीमा ४२ प्रतिशतसम्म हिस्सा पाउनेछ । पार्टी एकतापछि झलनाथ खनाल, बामदेव गौतमलगायतका नेताहरूको साथ पाएर ओलीमाथि हाबी हुन सक्ने प्रचण्डको आँकलन हुन सक्छ । यसबिचमा ओलीप्रति असहमत एमालेका नेताहरूसँग प्रचण्डले केही राउण्ड छलफलसमेत गरेका थिए ।

प्रचण्डले दुई वर्षपछि हुने महाधिवेशनबाट आफू अध्यक्ष बन्ने सुनिश्चिता खोजे पनि एमाले नेताहरू कोही पनि त्यसमा छलफल गर्न तयार भएनन् ।

प्रचण्डले ओली प्रधानमन्त्री हुञ्जेल दुवै अध्यक्षमध्ये आफूले कार्यकारी अधिकार प्रयोग गर्न पाउनुपर्ने अडान राखेका थिए । तर, त्यसमा भने दुवै नेताबिच भद्र सहमति भएको छ । प्रधानमन्त्रीका रूपमा व्यस्त रहने भएकाले ओलीले चाहेमा वा दुवै नेताको सहमतिमा त्यस्तो अधिकार एक नेताले प्रयोग गर्न सकिने मध्यमार्ग निकालिएको छ ।

प्रचण्डले दुई वर्षपछि हुने महाधिवेशनबाट आफू अध्यक्ष बन्ने सुनिश्चिता खोजे पनि एमाले नेताहरू कोही पनि त्यसमा छलफल गर्न तयार भएनन् । महाधिवेशनले निर्णय गर्ने अधिकार कुनै नेताले वा अहिले एकीकरण अघिका पार्टीले ग्यारेन्टी गर्न नमिल्ने भन्दै सो विषयमा ग्यारेन्टी गर्न नसकिने एमाले नेताहरू बताइसकेका छन् ।

महाधिवेशनपछिको अध्यक्षमा माधव नेपालले तयारी थालिसकेका छन् । पछिल्लो समय उनको अध्यक्ष ओलीसँगको निकटता पनि त्यसको सङ्केत हो । ओली र नेपाल मिलेकै कारण भोलि महाधिवेशनमा आफू कमजोर हुने भएकाले अध्यक्षको ग्यारेन्टी खोजेका थिए ।

तल्ला कमिटी एकीकरणः वर्चस्वका आधारमा

तल्ला कमिटीहरूमा जहाँ जुन पार्टीको वर्चस्व छ, सोही पक्षले नेतृत्व लिने गरी एकीकरणको मोडालिटीमा सहमति भएको छ

केन्द्रीय कमिटीमा जस्तो समायोजन तल्ला कमिटीहरूमा भने नहुने भएको छ । तल्ला कमिटीहरूमा जहाँ जुन पार्टीको वर्चस्व छ, सोही पक्षले नेतृत्व लिने गरी एकीकरणको मोडालिटीमा सहमति भएको छ ।

मूलतः स्थानीय तहको निर्वाचनको मत र पार्टी सङ्गठनलाई तल्ला कमिटीको एकीकरणको आधार बनाइने भएको छ ।

संयोजन समितिका एक नेताले भने( स्थानीय तहको चुनाव मूलरुपमा हामीले एक्लाएक्लै लडेका हौँ । कुन जिल्ला वा स्थानीय तहमा कसको वर्चस्व छ भन्ने निर्वाचनले देखाइसकेको छ । तल्ला कमिटीहरूको एकीकरणको मुख्य आधार त्यही हुन्छ । तर, त्यसबाहेक व्यक्तिको व्यवस्थापन, सङ्गठन र समानताको सिद्धान्तलाई पनि ख्याल गरिन्छ ।

भातृ सङ्गठन र जनवर्गीय संगठनहरुको एकीकरण भने तत्कालै नहुने भएको छ । एकीकृत पार्टीको केन्द्रीय कमिटीले कार्यदल बनाएर जनसंगठनहरुको एकीकरणको मोडालिटी तय गर्ने माओवादी नेता जनार्दन शर्माले बताएका छन् ।

तत्काल जनसंगठनको एकीकरणको मोडल बनाउँदा पार्टी एकतामै असर पर्ने भएकाले त्यो काम नयाँ केन्द्रीय कमिटीको जिम्मामा छाडिने भएको हो ।

जेठ पहिलो साता पार्टी दर्ता

योबिचमा ओली र प्रचण्डबिच पटक(पटक एक्लाएक्लै वार्ता भएपछि धेरै कुरा मिलेको माओवादी प्रवक्ता पम्फा भुसालले बताइन् । यद्यपि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण यहीबिचमा परेकाले मोदी फर्किएपछि मात्रै एकीकरण प्रक्रिया टुङ्गो लाग्ने भुसालको भनाइ छ ।

जेठ पहिलो साताभित्र एकीकरण भएर नेपाल कम्युनिस्ट पार्टी निर्वाचन आयोगमा दर्ता हुनेछ । के(के कुरामा सहमति भयो भन्ने त्यहीबेला घोषणा हुन्छ ।

पार्टी एकीकरण प्रक्रियामा सुरुदेखि नै संलग्न रहेका एमाले उपमहासचिव विष्णु पौडेलले भने जेठ पहिलो साता एकीकरण प्रक्रिया टुंगिने बताए । उनले यति नै गते भनेर तिथि(मिति तोक्नुभन्दा पनि जेठको पहिलो साता एकीकृत कम्युनिस्ट पार्टीको घोषणा हुने बताए ।

पौडेलले भने( ‘जेठ पहिलो साताभित्र एकीकरण भएर नेपाल कम्युनिस्ट पार्टी निर्वाचन आयोगमा दर्ता हुनेछ । के(के कुरामा सहमति भयो भन्ने त्यहीबेला घोषणा हुन्छ । तर, पार्टी एकीकरणको सबै विषय दुवै अध्यक्षले टुङ्गो लगाउनुभएको छ । अब संयोजन समिति बैठकमा पेस हुनेछ ।’

Comments

comments

LEAVE A REPLY