प्रहरी कार्यालमा आगजनी र तोडफोड गर्ने उपप्रमुख पक्राउ

 

कलम नेपाल

पर्सा÷ज्वाईलाई छुटाउन प्रहरी कार्यालयमा आगजनी र तोफोड गरेको आरोपमा गाउँपालिकाकी उपाध्यक्षलाई प्रहरीले पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा पर्सा जिल्लाको जिराभवानी गाउँपालिकाकी उपप्रमुख उषा चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । छिमेकी शुभनारायण पटेलको घरमा लुकेर बसेको अवस्थामा प्रहरीले सोमबार बिहान पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्त्ता प्रहरी नायव उपरीक्षक (डिएपी) राजन लिम्बुले दिएको जानकारी अनुसार मादक पदार्थ सेवन गरेका ६ जनालाई छुटाउन दबाब दिँदै चौधरीको नेतृत्वमा आएको एक समूहले इलाका प्रहरी कार्यालय सेढवमा आक्रमण गरी आगजनी र तोडफोड गरेको थियो ।

प्रहरीले चोरी तथा मादक पदार्थ सेवन गरी चारजना मोटरसाइकलमा होहल्ला गर्दै हिँडेको आरोपमा आइतबार राती ६ जनालाई प्रहरीले पक्राउ गरेको थियो । प्रहरी प्रवक्ता लिम्बुका अनुसार ठोरी ४ सुवर्णपुर बस्ने २३ वर्षीय सुबा लामा र २५ वर्षीय दिनेश लामालाई मोबाइल चोरी आरोपमा नियन्त्रणमा लिएको थियो । भने भारतको विहार बेतिया घर भएका २२ वर्षीय बजरंगी गौर, राम प्रवेश गौर, २१ वर्षीय वीरम्भर गौर र दयाले महतोलाई मदिरा सेवन गरी एउटै मोटरसाइकलमा यात्रा गर्दै गरेको अवस्थामा पक्राउ गरेको थियो ।

पक्राउ पर्नासाथ छुटाउन दबाब दिँदै गाउँपालिका उपप्रमुख सहितको टोली राती दश बजे तिर इलाका प्रहरी कार्यालयमा नाराबाजी गर्दै घेरा हालेका थिए । विवाद गर्दै आएका सो समूहले प्रहरी कार्यालयमा ढुङ्गामुढा र आगजनी गरेका थिए । यस क्रममा ५ जना प्रहरी घाइते भएका छन् । आगजनी तथा तोडफोडबाट इलाका प्रहरीका कार्यालयको मोटरसाइकल तथा सवारी साधनामा क्षति पुगेको छ ।

पक्राउ गरिएका मध्ये एक जना भारतीय नागरिक चौधरीको ज्वाइँ रहेको स्थानीयले बताएका छन् ।

Comments

comments

LEAVE A REPLY