श्रीनिवासलाई हातहतियार तथा खरखजाना मुद्दाः प्रहरी  

 

कलम नेपाल

विराटनगर । आफैंले गोली हान्न लगाएको आरोपमा पक्राउ परेका हिन्दु धर्मगुरु आचार्य श्रीनिवासलाई हातहतियार तथा खरखजाना मुद्दा चलाइने भएको छ ।

आचार्य सोमबार पक्राउ परेका थिए । तर, के मुद्दा लगाउने भन्ने तय भएको थिएन । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एवम् एसपी अरुण बीसीले आचार्यलाई हात हतियार तथा खरखजाना मुद्दा चलाइने बताए ।

उनका अनुसार अचार्यलाई म्याद थपका लागि आजै जिल्ला प्रशासनमा लगिँदैछ । गोली काण्डमा प्रक्राउ परेका माधव चौधरी र लक्ष्मीराज अधिकारीलाई भने ज्यान मार्ने उद्योग मुद्दामा चलाइएको छ । चौधरी आचार्यका अंगरक्षक हुन् र उनले नै गोली हानेका थिए भने अधिकारीले हतियार व्यवस्थापन गरेका थिए ।

हिन्दु राज्यको माग गर्दै गरेको आन्दोलन सफल नभएपछि आचार्यले धार्मिक हिंसा भड्काउन र जनता (धर्मगुरुहरुलाई आन्दोलनका लागि उक्साउन आफूलाई गोली हान्ने योजना बनाएका थिए । आचार्यको योजनाअनुसार आफूले गोली हानेको बयान चौधरीले दिएका छन् ।

प्रहरी हिरासतमा रहेका आचार्यले भने बोल्न मानेका छैनन् । गत चैत २५ गते विराटनगरको जतुवामा बिहान २ बजेतिर शौच गर्न निस्किएका बेला अज्ञात समूहले गोली हानेर आचार्यलाई घाइते बनाएको भनेर हल्ला फैलाइएको थियो । दायाँ छातीको कुम मुनिको भाग छेडेर गोली पार भएको अवस्थामा भेटिएका आचार्यलाई उपचार गर्न विराटनगरस्थित न्यूरो अस्पतालमा भर्ना गरिएको थियो ।

घटनास्थलमा भने ‘मंगोल नेशनल अर्गनाइजेशन आर्मी’ नामक भूमिगत समूहको पर्चा छरिएको थियो । सुनसरीको प्रकाशपुर आश्रममा बस्दै आएका आचार्य चैत २४ गते विराटनगर आएका थिए । विराटनगर जतुवाकी शिष्य अनिता ढकाल यादवसहितको टोलीले आयोजना गरेको श्रीमद भागवत सप्ताहमा उनी मुख्य पुराण बाचकको रुपमा सहभागी हुने भनिएको थियो ।

 

        धार्मिक हिंसा भड्काउन चाहन्थे श्रीनिवास

आफैंलाई गोली हान्न लगाए, भारत जान खोज्दा हिन्दु धर्मगुरु आचार्य श्रीनिवासले धार्मिक र साम्प्रदायिक हिंसा फैलाउने योजनाका साथ आफैंमाथि गोली हान्न लगाएको पाइएको छ ।

नयाँ दिल्ली जाने तयारीमा रहेका आचार्य सोमबार काठमाडौंबाट पक्राउ परेका छन् । सुनसरी बराह नगरपालिका ६ चक्रघट्टी स्थित लक्ष्मी बेङ्कटेस आश्रममा बस्दै आएका २४ वर्षीय आचार्यमाथि २५ चैत गते गोली प्रहार भएको थियो । तर, अनुसन्धानका क्रममा आफैंले योजना बनाएर गोली हान्न लगाएको देखिएपछि प्रहरीले पक्राउ गरेको हो । मोरङ प्रहरीले सोमबार नै आचार्यसहित गोली काण्डमा संलग्न अभियुक्तहरुलाई सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा चितवन भरपपुर बेलचोकका २९ वर्षिय माधव चौधरी र नवलपरासी गैंडाकोट ५ का ३२ वर्षीय खान र सन्तोष भन्ने लक्ष्मीराज अधिकारी छन् ।

चौधरी, आचार्यका अंगरक्षक हुन् र उनले नै गोली हानेको प्रहरी अनुसन्धानबाट खुलेको छ । अधिकारीले भने पेस्तोल व्यवस्थापनको काम गरेका थिए । हिन्दूराज्य कायम गर्न विभिन्न समयमा आन्दोलन चलाएपनि सफल हुन नभएपछि हिन्दू धर्मावलम्बी र धर्म गुरुहरुलाई आन्दोलनका लागि उक्साउन आचार्य श्रीनिवास आफैंले योजना बनाएर गोली हान्न लगाएको पाइएको मोरङ प्रहरीका प्रमुख एसपी अरुण बिसीले जानकारी दिए ।

प्रहरीका अनुसार आचार्यले हातमा गोली हान्न भनेका थिए तर, गल्तीले छातीमा लागेको हो । अभियुक्त चौधरीले पुर्वयोजना अनुसार आफूले ५ मिटर टाढाबाट गोली प्रहार गरेको तर निशाना चुकेपछि दाहिने कुम छेउमा लाग्न गएको बताए । चितवनमा नै गोली प्रहार गर्ने प्रपन्च रचिएको भए पनि हतियार ब्यवस्थापन नहुँदा सफल नभएको पाइएको छ ।

घटनामाथि शंका नगरोस् भनेर उनीहरुले मंगोल आर्मीको नक्कली पर्चा समेत छरेका थिए । तर, प्रहरी अनुसन्धानका क्रममा आचार्य श्रीनिवासको पोल खुलेको छ । पक्राउ परेका माधव चौधरी र लक्ष्मीराज अधिकारीलाई ज्यान मार्ने उद्योग मुद्दामा चलाइएको छ । तर, आचार्यमाथि के मुद्दा लगाउने छलफलमै छ ।

आचार्यका गतिविधि यसअघि पनि शंकास्पद थियो । केही समय अघि सुनसरीमा भएको हिन्दुवादीको प्रदर्शनमा आचार्यकै अगुवाईमा भारु बाँडिएको थियो । यसअघि उनले संविधान बनेको एक साताभित्र देशभरका चर्चहरुमा धावा बोल्ने धम्की दिएका थिए । हिन्दू धर्मगुरु आचार्य श्रीनिवास पक्राउ परेका छन् । मोरङ प्रहरीको टोलीले श्रीनिवासलाई काठमाडौंबाट पक्राउ गरेको हो ।

आचार्यमाथि चैत २५ गते गोली प्रहार भएको थियो । तर, अनुसन्धानका क्रममा आफैंले योजना बनाएर गोली हान्न लगाएको देखिएपछि आचार्यलाई पक्राउ गरिएको हो । मोरङका एसपी अरुण बीसीका अनुसार गोली प्रहारमा संलग्न भएको अभियोगमा दुई जना पक्राउ परेका थिए ।

तर, उनीहरुले आचार्य श्रीनिवासले नै योजना बनाएर आफूलाई गोली हान्न लगाएको बयान दिएका छन् । एसपी बीसीले भने, ‘अनुसन्धानका लागि उनलाई हिरासतमा लिइएको हो ।’

Comments

comments

LEAVE A REPLY