सरकारी कर्मचारीका भत्तामा भारि कटैाती

 

कलम नेपाल ।
काठमाडौं । सरकारले सार्वजनिक खर्चमा भारि कटैाती गरेकोछ ।
बुधबार मन्त्रिपरिषद बैठकले पारित गरेको सार्वजनिक खर्चमा मितव्ययीता र प्रभावकारीता कायम गर्नेसम्बन्धी नीतिगत मार्गदर्शनले सरकारी निकायमा हुने जथाभावी खर्चमाथि अंकुश लगाएको हो ।

उक्त नीतिअनुसार अब सरकारी कर्मचारीले हालसम्म पाउँदै आएका महंगी र स्थानीय भत्ताबाहेक सबै भत्ता खारेज हुनेछ । यो व्यवस्था आगामी साउन १ गतेदेखि लागू हुने व्यवस्था गरिएको छ ।

केही निकायका पदाधिकारीहरूले एक दर्जन प्रकारका भत्ता खाँदै आएका छन् । जुन तलवको दोब्बर/तेब्बरसम्म देखिन्छ । यस्तो विकृतिलाई उक्त नीतिले रोकेको हो ।

कुनै निकायमा लागू गरिएको कार्यसम्पादनमा आधारित प्रोत्साहन प्रणालीलाई पनि वस्तुगत आधारमा सेवाप्रवाहसँग आवद्ध गर्नेगरी पुनरावलोकन गर्ने व्यवस्था उक्त नीतिमा छ ।

कानूनमै व्यवस्था नभएकाहरुको हकमा तीन महिनाभित्र कानूनमा संशोधन गर्ने व्यवस्था निर्देशिकाले गरेको छ । अर्थ मन्त्रालयले तयार पारेको नीतिमा सरकारी खर्चलाई मितव्ययी बनाउने सम्बन्धमा झण्डै तीन दर्जन बुँदा समेटिएको एक अधिकारीले जानकारी दिए ।

Comments

comments

LEAVE A REPLY