मोदीलाई जनकपुरमा भब्य स्वागत, राम सर्किटको सुरुवात

 

कलम नेपाल

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा रामायण सर्किटको थालनी र जनकपुर–अयोध्या बस सेवा आरम्भ गरेका छन् ।

नेपालको दुई दिने राजकीय भ्रमणमा जनकपुर ओर्लिएका एक घण्टा भित्रै आफ्नो पुजा–अर्चना गरी धार्मिकस्थल र जनस्तरमा सम्बन्ध जोड्ने कार्य आरम्भ गरेका हुन् ।

मोदीको नेपाल प्रवेश जनकपुरबाट हुनुलाई धेरैले जहाँबाट सम्बन्ध बिग्रियो त्यहीँबाट शुरु गर्ने उनको प्रयत्न भएको बुझाई राखेका छन् । उनलाई रक्षामन्त्री ईश्वर पोखरेल, प्रदेश मुख्यमन्त्री लालबाबु राउत, भारतीय राजदूत मंजिभसिंह पुरी लगायतले विमानको द्वारसम्म नै पुगेर स्वागत गरेका थिए ।

नेपाल र भारतको सम्बन्धमा चार फ्याक्टरहरु– धार्मिक, सांस्कृतिक, जनस्तर र भूराजनीतिक रहेको अवस्थामा उनले धार्मिक र जनस्तर ९पिपल–टु–पिपल०बाट सम्बन्ध सुधारको योजना अघि बढाएको देखिन्छ । सर्किटको घोषणा र बससेवा आरम्भ यसकै एक ज्वलन्त उदाहरण हो । उनले यसअघि प्रधानमन्त्री मोदीले मन्दिर परिसरमा सम्बोधन गर्दै आफूलाई दिएको सम्मानको आभार व्यक्त गरेका छन् ।

जनकपुर–अयोध्या सिधा बस सेवा आरम्भ भएकोमा पनि उनले आदार व्यक्त गरे । आर्थिक विकासको लागि सांस्कृतिक सम्बन्धको बारेमा समेत यसलाई मोदीले व्याख्या गरे । प्रधानमन्त्री ओली आफ्नो लागि जनकपुर आएकोमा हृदयपूर्वक अभिनन्दन गरे ।

जनकपुरको जानकी मन्दिरमा दर्शनका लागि आइपुगेका मोदीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले उही भेषमा स्वागत गरेका थिए । कूटनीतिमा युनिफर्मको पनि महत्व राख्छ । सायद यही सोचेर प्रधानमन्त्रीले आफ्नो पनि भारतीय प्रधानमन्त्रीले लगाउने तवरकै कुर्ता र पाइजमा लगाएका थिए । अर्को पक्ष ओली मोदीलाई स्वागत गर्न एक घण्टा अघि नै जनकपुर पुगेर पाहुना प्रतिको भाव व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले पनि मोदीलाई जनकपुरमा स्वागत गर्न पाउँदा आफूलाई खुशी लागेको बताएका थिए । उनले जनकपुर–आयोध्या बस सेवा र रामायण सर्किटको अवधारणाले धार्मिक पर्यटनलाई टेवा पुग्ने बताए ।

मोदीे नागरिक अभिनन्दन लिन बाह्रा बिगाह पुग्ने कार्यक्रम रहेको छ । जनकपुर उपमहानगरपालिकाबाट नागरिक अभिनन्दन पछि उनले सम्बोधन गर्ने कार्यक्रम छ ।

कार्यक्रम सकेपछि उनी साढे एकबजे काठमाडौं आउनेछन् । उनलाई परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले एअरपोर्टमा स्वागत गर्नेछन् । त्यसपछि होटलमा शिष्टाचार भेट गर्दै औपचारिक कार्यक्रम तालिका हस्तान्तरण गर्नेछन् । हेटलमा केहीबेर आरामपछि काठमडौंमा उनलाई टुँडिखेलमा सम्मान गारथ दिने कार्यक्रम छ । त्यसलगत्तै उनले उपराष्ट्रपति नन्दबहादुर पुन र राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर राजनीतिक छलफल अघि बढाउने छन् ।

उक्त भेटपछि प्रधानमन्त्री स्तरमा दुईपक्षीय छलफल होटल द्वारिकामा हुनेछ । वान–टु–वान छलफल र डेलिगेसन स्तरको छलफलपछि अरुण तेस्रो जलविद्युतको शिलान्यास गर्दै संयुक्त वक्तव्य जारी हुनेछ ।

शनिबार बिहानै मोदी मुक्तिनाथ जाने कार्यक्रम छ । आफू धार्मिक फिरन्ते हुँदा घुमेका र बसेका त्यो क्षेत्रमा उनले पुजा अर्चना गरेपछि साढे दश बजे काठमाडौं फर्कने र पशुपतिमापुजा गरेर राजनीतिक भेटघाट गर्ने छन् । त्यसपछि भारतीय राजदूतावासले दिएको दिवा भोजमा सरिक हुने र काठमाडौं महानगरपालिकाले उपलब्ध गराउने नागरिक अभिनन्दमा सहभागि हुने कार्यक्रम पनि छ । त्यो सकेर उनी स्वदेश फर्कने छन् ।

उनको यो भ्रमणलाई लिएर साकाजिक संजालमा विरोध पनि चर्को नै रहेको छ । विरोधको अभियान पनि उत्तिकै चलेको छ । विशेषगरी २०७२ असोजमा संविधान जारी भएपछि भारतले लगाएको नाकाबन्दी प्रति गुनासो गर्दै उनको विरोध गरेका छन् ।

Comments

comments

LEAVE A REPLY