नाकाबन्दीवारे मोदी मौन , अरु भाषण चर्का

कलम नेपाल ।
काठमाडौं । तीन बर्ष अगाडि भारतीयपक्षबाट भएको नाकाबन्दीवारे भारतीय प्रधानमन्त्री नरेन्द्र यसपाली मौन बसेका छन् ।

नेपालमा नाकाबन्दी लगाउनुपूर्व मोदीले दुई पटक भ्रमण गरेका थिए ।

त्यसबेला उनको जेजतिक सम्मान भएको थियो । यसपाली त्यस्तो देखिएन । बरु, नाकाबन्दी लगाएको भन्दै उनको भ्रमणको विरोध सडकदेखि सामाजिक संजालसम्म विरोधका स्वर उठे ।

मोदीले नाकाबन्दीको माफी माग्नुपर्नेसम्मका स्वर उठेका थिए ।

तर, भ्रमणको पहिलो दिन जनकपुरमा दिएका दुई वटा सार्वजनिक भाषणमा मोदीले नाकाबन्दीको कुरै उठाएन् ।

उनी राजनीतिम मुद्दामा प्रवेश नै गरेनन् । बरु, मोदीले धार्मिक–सांस्कृति र विकास मुद्दामा धेरै बोले । दुई देशवीचको परम्परागत सम्बन्धमा मोदीले खास जोड दिए ।

नेपालको प्रशंसा

भारतीय प्रधानमन्त्री मोदीले नेपालको स्वभिमान सगरमाथाभन्दा उच्च रहेको बताए । नेपालविना भारतको आस्था, विश्वास र इतिहास अधुरो रहने मोदीको भनाई थियो ।

‘नेपालविना भारतको धाम अधुरो, राम अधुरो,’ उनले भने, ‘हाम्रो धर्म एक प्रवृतिपथ प्राथना पनि एउटै छ । दोस्ती समान–सृष्टि समान । सुख पनि समान, चुनौति पनि समान । आशा र आकांशा समान । चाहना समान र बाटो समान । सपना पनि समान र संकल्प पनि समान । अर्थात हाम्रो मन्जिल (बाटो) एउटै हो ।’

मिथिला सँस्कृतिको पनि प्रशसा

मिथिलाको लोककला र स्वागत समान अदभूत रहेको भन्दै उनले मिथिला सँस्कृतिको स्थान धरै माथि रहेको बताए ।

नेपाल भ्रमणमा आएका मोदी जनकपुरमा उपमहानगरपालिकाले आयोजना गरेको अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘मलाई लाग्दैन म अरु कुनै ठाउँमा आएका छु । जनकपुर धाम हाम्रो आफ्नै जस्तो लाग्छ ।’

व्यक्ति र सरकार आउँछन् जान्छ तर नेपाल र भारतका सम्बन्ध अजर अमर रहेको उनले बताए ।

प्रधानमन्त्री मोदीले नेपाल भारतको सम्बन्ध कुनै परिभाषाले तय नगर्ने यो रोटीबेटी र अपनत्वको सम्बन्ध रहेको धारणा राखे ।

कनेक्टिभिटी

प्रधानमन्त्री मोदीले नेपाल–भारतबीचको सम्बन्धलाई मजबुत बनाउन ‘केनेक्टिभिटी’ मा विशेष जोड दिएका छन् ।

उनले रेलमार्गदेखि लिएर जलमार्गका पनि कुरा गरेका छन् ।

उनले जनकपुर–जयनगर रेल्वे मार्ग यो वर्षको अन्तिम समयमा तयार भइसकने बताउँदै भारतको समुन्द्र मार्गसँग सम्बन्ध बनाएर नेपालको समान पठाउन सकिने बताए ।

जल मार्गसँग जोड्न सकियो भने नेपालमा उद्योग लाग्छ र रोजगार पनि बढ्ने उनले धारण राखे । यो काम भयो भने नेपाल र भारत बीचको उद्योग व्यवसायीमा वृद्धि हुने उनले बताए ।

त्यस्तै उनले विहारको रक्सौल भएर काठमाडौसँग जोड्ने कार्य पनि तीब्र गतिमा भइरहेको बताउँदै उनले फाइभ टीको आवधारणा अघि सारे ।

उनले ट्रेडिशन, ट्रेन, टुरिज्म, टेक्नोलोजी, ट्रान्सपोर्ट आवधारणा अनुसार काम भयो भने दुई देश बीचको व्यपार व्यवसायी द्रुत गतिमा आगाडी बढ्ने बताए ।

विजुली र पेट्रोलियमपदार्थ

नेपाल विजुली उत्पादनको विकासमा तीब्र गतिमा आगाडी बढी रहेको बताउँदै उनले नेपालले भारतबाट ४५० मोगावाट विजुली आयात गरेको छ र त्यसका लागि भारतले नयाँ ट्रान्समिटर बसाएको बताए ।

त्यस्तै, उनले भारतबाट पेट्रोलियम पदार्थ पाइपलाइनबाट ल्याउनका लागि काम धमाधम काम भइरहेको बताए । मोतिहारी–अमलेखगञ्ज पाइपलाइन काम शुरु भएको उनले सो अवसरमा जानकारी गराए ।

रामायण सर्किट

भारतीय प्रधानमन्त्री मोदीले भारतमा स्वदेश दर्शनको योजना शुरु भएको बताउँदै सोही अन्तरर्गत रामायण सर्किट परियोजना शुरु भएको जानकारी गराए ।

राम र सीताको चिन्ह जहाँ जहाँ छ ती सबै स्थानलाई एक अर्कासँग जोड्ने प्रयास भइरहेको उनले बताए । रामायण सर्किट परियोजना सम्पन्न भएपछि धार्मिक सम्बन्ध बलियो हुने उनले बताए । विवाह पञ्चमीमा भारतका हजारौ भक्तजन नेपाल आउने गरेको बताउँदै मोदीले जनकपुर क्षेत्रको विकासका लागि भारतले सहयोग गर्न तयार रहेको बताए ।

उनले सोही अवसरमा जनकपुर क्षेत्रको विकासका लागि भारतले एकसय करोड सहयोग प्रदान गर्ने बताए ।

नेपाल सीमासँग जोडिएको भारतको विभिन्न ठाउँमा विकास कार्य द्रुतगतिमा आगाडी बढेको र यसले भारतको मात्र होइन नेपाललाई निकै फाइदा हुने उनले दावी गरे ।

तीनवटा भाषा

भारतीय प्रधानमन्त्री मोदीले अभिनन्दित पछि आफ्नो मन्तव्य राख्दा तीनवटा भाषा प्रयोग गरेका थिए । उनले हिन्दीमा आफ्नो मन्तव्य शुरु गरे । त्यसपछि उनले केहीवेर मैथिली र नेपाली भाषा पनि प्रयोग गरे ।
जनकपुर–आयोध्याको सम्बन्धको बारेमा कुरा राख्दै उनले दुई देशबीच रहेको सम्बन्धमा पनि लामो कुरा राखेका थिए । त्यसपछि नेपाल र भारतबीच भइरहेको विकासका कामका बारेमा कुरा राखेका थिए ।

जनकपुरवासीसँग मागे माफी

उनले आफ्नो मन्तव्यको शुरुमै जनकपुर ढिलो आएकोमा जनकपुरवासीसँग माफी मागे ।

सन् २०१४ अगस्तमा आएको बेला नै जनकपुर छ्टिै आउने भनेका थियौ तर अलि ढिलो भयो त्यसका लािग म माफी चाहन्छु, मोदीले भने जानकी माताको चाहना अनुसार मात्र आएको छु । आजैको दिन बोलाएको कारण आएको हुँ ।’

धेरै पहिलादेखि आउन चाहेको तर माताले चाहेको दिन मात्र सम्भव भएको उनले बताए । आफू प्रधानमन्त्रीको रुपमा होइन, प्रधानतीर्थ यात्रीको रुपमा आएको उनले धारणा राखे ।

नेभर हुड फस्ट

भारतीय प्रधानमन्त्री मोदीले भारतले शुरु गरेको नेबरहुड फस्टमा नेपाललाई पहिलो प्राथमिकतामा राखेको बताए ।

उनले नेबरहुड फस्टका कारण आफू नेपाल भ्रमणमा आएको बताए । भारत जसरी तीब्र गतिमा विकास गरि रहेको छ त्यसरी नै नेपाल पनि अगाडी बढीरहेको उनले बताए ।

एक वर्षमा तीन स्तरको चुनाव सम्पन्न गर्नु नेपाल बधाईको पात्र रहेो बताउँदै सातवटै पदेशमा सरकार पनि गठन गरेको छ यसले नेपाललाई मात्र होइन, भारतलाई पनि गर्व लागेको उनले बताए ।

नेपाल समाजिक, आर्थिक समृद्धिका लागि नयाँ चरणमा प्रवेश गरेको उनले बताए । जसरी म यहाँ पटक पटक आएको छु, त्यसरी दुई देशका जनता बेरोकटोक आउन पाउनुपर्छ उनले भने ।

उनले नेपालको राजनीतिक बुलेट छाडेर ब्यालेटमा आएको र युद्धको बाटो छाडेर बुद्धको बाटोमा लागेको प्रति खुशी पनि व्यक्त गरे ।

चावी हस्तान्तरण

उपमहानगरपालिकाका मेयर लालकिशोर साहले उपमहानगरपालिकाको साँचो प्रधानमन्त्री मोदीलाई हस्तान्तर गरेका छन् ।

अभिनन्दन कार्यक्रममा एउटा कालात्मक चावी (साँचो) हस्तान्तरण उनले गरेका हुन् ।

मिक्सचर भाषा

अभिनन्द कार्यक्रममा भाषामा विविधता देखिएको थियो । मोदीले आफै तीनवटा भाषा प्रयोग गरे भने कार्यक्रम सञ्चाल अभिनन्दनपत्र नेपालीमा थियो भने मेयर साहले त्यसलाई मैथिली भाषामा पढेर सुनाएका थिए ।

प्रधानमन्त्री मोदीले आफै तीनवटा प्रयोग गरेका थिए भने कार्यक्रम सञ्चालक प्रदेशका भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनलले हिन्दी र नेपाली भाषा प्रयोग गरेका थिए । प्रदेश २ मुख्यमन्त्री लालबाबु राउतले हिन्दी भाषा प्रयोग गरेका थिए ।

त्यसैगरि, प्रदेश सरकारले मोदीलाई १२१ केजीको माला लगाएर सम्मान गरेको थियो । त्यस्तै जनकपुर उद्योग वाणिज्य संघ र वीरगञ्ज उद्योग वाणिज्य संघले पनि १२१–१२१ केजीको मालाले स्वागत गरेका थिए ।

Comments

comments

LEAVE A REPLY