मोदीको नागरिक अभिनन्दनमा पत्रकारलाई रोकेपछि सभागृह अगाडि प्रदर्शन

कलम नेपाल ।
काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नागरिक अभिनन्दन कार्यक्रममा निजी सञ्चारमाध्यमका फोटो पत्रकारलाई प्रवेश निषेध गरिएको छ ।

काठमाडौँको राष्ट्रिय सभागृहमा मोदीको नागरिक अभिनन्दन कार्यक्रम राखिएको थियो । तर, निजी सञ्चारमाध्यमका फोटो पत्रकारलाई गेटमै राकिएको हो ।

आक्रोशित पत्रकारहरूले सभागृह अगाडि ‘क्यामरा डाउन’ गरेर विरोध गरेका छन् ।

मोदीलाई काठमाडौँ महानगरपालिकाले नागरिक अभिनन्दन गरेको हो।

यसैबिच मोदीको नागरिक अभिनन्दनमा भारतीय र नेपाली सरकारी सञ्चारमाध्यमलाई भने प्रवेश दिइएको छ ।

Comments

comments

LEAVE A REPLY