दमक बसपार्कमा बम फेला पर्याे

 

कलम नेपाल

दमक । झापाको दमक स्थित बस पार्कभित्र आइतबार बिहान बम फेला परेको छ ।

ईलाका प्रहरी कार्यालय दमकका प्रहरी निरिक्षक मिलन बस्नेतका अनुसार दमक बसपार्क भित्र कालो प्लास्टिकमा बेरेर फालिएको अवस्थामा बम फेला परेको हो । लगभग ९ बजे तीर बसर्पाकबाट बस निस्कने पूर्वपट्टि पिचमा फालिएको अवस्थामा फेला परेको थियो ।

जिल्लाको कमल गाउँपालिका स्थित नेपाली सेनाकाे २१ नम्बर बाहिनीबाट खटिएको बम डिस्पोजल टोलीले हटाएको थियो । सेनाका अनुसार कालो प्लास्टिकको झोला भित्र नम्बर ३३ डेटोनेटरलाई वरिपरि प्लास्टिकको डोरीले बेरेर राखिएको थियो ।

बम डिस्पोज गर्न बसपार्क भित्र सुरक्षित क्षेत्र नभएकाले अन्यत्रै लगेर डिस्पोज गरिने सेनाले जनाएको छ ।

बम रहेको फेला परेपछि दमक बस पार्क भित्र लगभग तीन घण्टासम्म यातायातका साधनलाई प्रवेश निषेध गरिएको थियो । बस गुड्ने पिचमा नै फालिएको बम कुनै सवारी साधनको चक्काले थिचिन सक्ने उच्च जोखिम रहेको थियो ।

यसो भएकोभए गम्भीर दुर्घटना हुनसक्ने प्रहरीको अनुमान छ । प्रहरीले समयमा नै खबर पाएकाले क्षति हुनबाट जोगिएको प्रहरीको दाबी छ ।

अचानक बम जस्तो लाग्ने कालो प्लास्टिकमा शंकास्पद बस्तु सर्वसाधारणले देखेर प्रहरीलाई खबर गरेका थिए ।

माअाेवादी बिप्लव समुहले बन्द अावह्रान गरिएकाले बम उनीहरुले नै राखेकाे हुनसक्ने अनुमान प्रहरीले गरेकाे छ । बम राखिएकाे  बिषयमा अहिलेसम्म कसैलाई पनि पक्राउ गर्न नसकिएकाे जनाइएकाे छ ।

Comments

comments

LEAVE A REPLY