मुख्यमन्त्रीको अभिव्यक्तिप्रति प्रधानमन्त्रीको असन्तुष्टि

कलम नेपाल ।

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नागरिक अभिनन्दनका क्रममा प्रदेश २ का मुख्यमन्त्रीले दिएको अभिव्यक्तिप्रति असन्तुष्टि जनाएका छन् ।

मोदीको भ्रमणबारे आइतबार संसद्लाई जानकारी दिँदै उनले मुख्यमन्त्रीको नाम नलिई नागरिक अभिनन्दनका क्रममा अभिव्यक्त भएका कतिपय कुरा राष्ट्रिय मर्यादा, कूटनीतिक मर्यादाको कसीमा कमजोर र अनुपयुक्त भएको बताए ।

उनले यो नेपाल सरकारको नीति अनुसार नभएको बताए ।

जनकपुरधाममा शुक्रवार आयोजित मोदीको अभिनन्दन समारोहमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले नेपालको संविधान विभेदकारी भएको अभिव्यक्ति दिएका थिए । उनले विभेदकारी संविधान र प्रादेशिक अधिकारका लागि आफूहरूको सङ्घर्ष जारी रहेको बताएका थिए ।

Comments

comments

LEAVE A REPLY