के दमकका विनोद अधिकारी दोषीनै हुन ? साढे ३३ किलो सुनकाण्ड

 

साढे ३३ किलो सुनकाण्डमा थप दुई जना पक्राउ

कलम नेपाल ।
विराटनगर । साढे ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा संलग्नताको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीले झापा दमकका विनोद अधिकारी र मोतिराम श्रेष्ठलाई पक्राउ गरेको हो । अधिकारीलाई झापाको दमक र श्रेष्ठलाई दोलखाबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । उनीहरू तस्करीको सुनको पैसा कारोबारमा संलग्न भएको प्रहरीको भनाइ छ ।
गृहमन्त्रालयको आदेशमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरिक्क्षक मिलन बस्नेतले कलम नेपाललाई बताए ।

पक्राउ गरिएका दु्बैजनालाई जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याइएको छ । उनीहरूलाई सोमबार नै जिल्ला अदालत मोरङमा म्याद थप गरिएको मोरङका प्रहरी प्रमुख अरुण बिसीले जानकारी दिए ।

दमक ९ निवासी अधिकारीले दमकमा न्यु सिद्धकाली मनी ट्रान्सफर सञ्चालन गरेका छन् भने श्रेष्ठ पनि मनी ट्रान्सफर सञ्चालक हुन ।

मोरङका प्रहरी उपरीक्षक बिसीका अनुसार सुन तस्कारी र सनम हत्याकाण्डमा श्रेष्ठ र अधिकारीलाई यसअघि भने प्रतिवादी बनाइएको थिएन । सुन तस्करी र सनम हत्या काण्डमा संलग्न ६३ जनामाथि अदालतमा मुद्दा चलिरहँदा अनुसन्धान समितिले तस्करीबाट भएको रकम खोजी गर्ने क्रममा अधिकारी र श्रेष्ठको पनि संलग्नता देखिएपछि नियन्त्रण्मा लिइएको उनले बताए ।

प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमार्फत सुन तस्करीमा संलग्न भएको भन्दै नेपाल प्रहरीका ९ अधिकारी र तस्करको समूह गरी ६३ जनाविरुद्ध जिल्ला अदालतमा गत बुधवार मुद्दा दायर गरेको थियो ।

सुन तस्करी र सनम शाक्य हत्या अभियोगमा १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय ७३ रुपैयाँ बिगोसहित उनीहरू विरुद्ध जिल्ला अदालत, मोरङमा मुद्दा दर्ता गरिएको थियो ।

सन २०१५ यता ३८ क्विन्टल सुन चारी निकासी गरेको माग दाबी सहित सुन चोरी पैठारीको अवैध निकासीको अवैध कारोबार,अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यानसम्बन्धी मुद्दामा अभियोग लगाइएको छ । जिल्ला अदालतमा प्रतिवादीको तर्फका वकिलहरूको थुन छेक बहस जारी छ ।

Comments

comments

LEAVE A REPLY