फुटबलका हस्ती मणि शाहको निधन

कलम नेपाल ।

काठमाडौँ: नेपालका चर्चित फुटबलर मणि शाहको ५१ वर्षको उमेरमा निधन भएको छ । नेपालका म्याराडोना भनेर समेत चिनिने शाहको सोमबार निधन भएको हो ।

अन्तर्राष्ट्रिय फुटबल खेलाडी शाहको सोमबार अपरान्ह थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा निधन भएको उनको पारिवारिक श्रोतले जनाएको छ।

कलेजोको सस्मयबाट लामो समयदेखि पीडित शाह नर्भिकमा उपचाररत थिए । शाहको पार्थिव शरीरलार्इ मंगलबार साढे ८ बजे दशरथ रंगशालामा श्रद्धाञ्जलीका लागि राखिने अखिल नेपाल फुटबल संघका महासचिव इन्द्रमान तुलाधरले जानकारी दिए । शाहको अन्त्येष्टि मंगलबार गरिने भएको छ ।

चर्चित नेपाली फुटबलर शाह मिड्फिल्ड र फर्वाड लाइन दुवैमा पोख्त थिए । नेपाललाई ऐतिहासिक सफलता दिलाउन निर्णायक भू्मिका खेलेका शाहको पालमा सन् १९९३ मा बंगलादेशको ढाकामा भएको छैटौँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा नेपालले स्वर्ण जितेको थियो ।

स्वर्ण पदकका लागि भएको फाइनल भिडन्तको अन्तिम क्षणमा भारतविरुद्ध उत्कृष्ट गोल गर्दै उनले खेललार्इ पेनाल्टीमा लगेका थिए । पेनाल्टीमा पनि उत्कृष्ट गोल गरेका उनकै योगदानमा नेपालले  स्वर्ण पदक जित्यो ।

मणिले नेपाली टोलीबाट सन् १९८५ देखि सन् १९९८ सम्म खेले । उनले देशका लागि १० गोल गरेका थिए । फुटबलको सबैभन्दा आकर्षक १० नम्बर जर्सीमा मैदानमा उत्रिने उनलार्इ नेपाली म्याराडोनाका रूपमा पनि चिनिन्थ्यो ।

Comments

comments

LEAVE A REPLY