बाजुरामा भेटियो हराइरहेको मकालु जहाज

फाईल फोटो

कलम नेपाल ।
सुर्खेतबाट सिमिकोटका लागि बिहान कार्गो सामान लिएर उडेको मकालु एयरको जहाज बाजुराको हिला नदिको चौरमा भेटिएको छ।

बुधबार बिहान ६ बजेर १२ मिनेटमा सुर्खेत विमानस्थलबाट उडेको ९ एन एजेयु कल साइन जहाज बिहान ६ बजेर ५५ मिनेटमा सिमकोट अवतरण गर्नुपर्ने थियो।

सम्पर्कविहीन विमान बाजुराको हिला नदी किनारमा आपतकालीन अवतरण गरेको अवस्थामा केही बेरअघि भेटिएकाे चालकको अवस्थाबारे बुझिरहेको सुर्खेत विमानस्थलले जानकारी दिएको छ।

यता त्रिभुवन त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षत्रीलेका अनुसार जहाजको फोर्स ल्यान्डिङ गरिएको क्षेत्र बाजुरा जिल्ला पट्टी रहेको र चालकहरूसँग सम्पर्कको प्रयास भइरहेको बताए।

यस्तै बाजुराका प्रमुख जिल्ला अधिकारी चेतराज बरालले कालिकोट बाजुरा र अछाम जिल्लाको सीमामा रहेको स्थानमा जहाज अवतरण भयो भन्ने समाचारबाटै थाहा भएको बताए। ‘हामीले पनि समाचारकै आधारमा सुन्यौ, ‍तर नांगो आँखाले नदेखेसम्म यसै भन्न सक्ने अवस्था छैन। हामीले सबै सम्यन्त्र परिचालन गरेका छौ। घटनास्थल पुगेपछि थाहा हुन्छ।’

बिमानले ११७० किलो खाद्यान्य सामाग्री लिएर उडेको थियो।

उक्त एयरलाइन्सले सुर्खेत र नेपालगन्जलाई आधार बनाएर हुम्ला उडान भर्दै आएको थियो।

पाइलट किरन भट्टराई र को पाइलट आदित्य नेपाली रहेको सिंगल इन्जिन जहाज ९ सिटे हो। जहाजको खोजि गर्न सुर्खेतबाट हेलिकप्टरको परिचालन गरेको थियो।

Comments

comments

LEAVE A REPLY