दुई करोड रुपैयाँ नक्कली नोटसहित फिल्म निर्माता वाग्ले र छ जना पक्राउ

 

कलम नेपाल ।

काठमाडौँ । महानगरीय प्रहरी परिसर, काठमाडौँले ठुलो परिणाममा नक्कली नेपाली नोटसहित ६ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा फिल्म निर्माता माधव वाग्ले, महेन्द्र बोगटी, सुजित तामाङ, सुजन तामाङलगायत रहेका महानगरीय प्रहरी परिसरले जानकारी दिएको छ ।

उनीहरूको साथबाट दुई करोड ६० लाख ६३ हजार रुपैयाँ बराबरको नक्कली नोट बरामद भएको परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले बताए ।

वाग्लेलाई काठमाडौँको नक्सालबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनले सुटिङका लागि जम्मा गरेको रकमको बहाना बनाएको प्रहरी स्रोतको भनाइ छ ।

परिसर अन्तगरतको प्रहरी प्रभाग, नयाँ बसपार्कको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको स्रोतको भानाईछ ।

यी नोटहरू काठमाडौँ उपत्यकाको गोंगबु, लुबु र बागबजारबाट बरामद गरिएको हो । गोंगबुबाट सोमबार, धापाखेलबाट मङ्गलवार र बागबजारबाट बुधवार बरामद गरिएको हो ।

नक्कली नोट छाप्ने कारखाना बागबजारमै भेटिएको प्रहरी स्रोतले बतायो ।

यस्ता नक्कली नोट उनीहरूले होटल, रेस्टुरेन्टको बिल तिर्ने, यौनकर्मीलाई दिने, जुवा खेल्ने, लागू औषध किन्नमा प्रयोग गर्ने गरेका थिए ।

Comments

comments

LEAVE A REPLY