कंगो शहरमा इबोला भित्रियो

 

कलम नेपाल

प्रजातान्त्रिक गणतन्त्र कंगोमा इबोलाको संक्रमण देखिएको बताइएको छ ।

कंगोका स्वास्थ्य मन्त्रीले १० लाख जनसंख्या रहेको देशको उत्तर पश्चिममा अवस्थित ब्यान्डाको शहरमा इबोलाको संक्रमण देखिएको जानकारी दिएका हुन् ।

उक्त शहरमा संक्रमण देखा परेसँगै इबोलाका घटना नयाँ चरणमा प्रवेश गरेको बताइएको छ ।

यसै महिनाको सुरुमा ब्यान्डाका शहरभन्दा करिब १ सय ५० किलोमिटर टाढा रहेको ग्रामिण वस्तीमा इबोला संक्रमणको पहिलो घटना देखापरेपछि २३ जनाले ज्यान गुमाइसकेका छन् ।

विश्व स्वस्थ्य संगठनले एकदमै खराब अवस्था आउनसक्ने भन्दै चिन्ता प्रकट गरेको छ।

उक्त संगठनले पठाएको परिक्षणमै रहेका इबोलाका चार हजार खोपका मात्रा बुधवारमात्रै कंगोमा पुर्‍याइएका छन् ।

सन् २०१४ मा पश्चिम अफ्रिकामा इबोलाको महामारी देखिदाँ ती खोपहरूको सफल परीक्षण भएको थियो ।

कंगोमा हाल देखिएको इबोला संक्रमणले सन् २०१४ देखि २०१६ सम्म पश्चिम अफ्रिकामा देखिएको उक्त रोगको भयावह महामारीलाई पुनस् ताजा बनाएको छ।

त्यसबेला झण्डै ११ हजारको ज्यान गएको थियो भने २८ हजारमा संक्रमण देखिएको थियो । चमेरा, बाँदर, चिम्पान्जी, गोरिल्ला जस्ता जनावरलाई इबोलाको मुख्य स्रोत ठानिन्छ ।

त्यस्ता संक्रमित जनावरका रगत, शरीरका अंग वा शरीरका तरल पदार्थसँग सम्पर्कमा पुगेपछि मानिसमा इबोला देखा परेको बताइन्छ ।

चिकित्सकहरूले संक्रमित व्यक्तिका शरीरबाट निस्कने पसिना सहितका तरल पदार्थको एकदमै सानो परिमाणबाट पनि इबोला सर्नसक्ने र सुरुमा खोकी जस्ता लक्षण देखिने बताउने गरेका छन्।

बीबीसी

 

Comments

comments

LEAVE A REPLY