केपी ओली नेपाल कम्युनिस्ट पार्टी संसदीय दलको नेतामा सर्वसम्मत

केपी अाेली

कलम नेपाल ।
काठमाडौँ — नेपाल कम्युनिस्ट पार्टी संसदीय दलको नेतामा केपी ओली सर्वसम्मत भएका छन् । शनिबार मध्यान्ह संसदीय दलको कार्यालय नयाँ बानेश्वरमा एकीकरणपछि बसेको पहिलो बैठकले उनलाई सर्वसम्मत संसदीय दलको नेता छानेको हो । नेकपाका नेता देव गुरुङले ओलीको नाम प्रस्ताव गरेका थिए ।

गुरुङले ओलीको नाम प्रस्ताव गर्ने वित्तिकै उपस्थित सबै सांसदले ताली बजाएर समर्थन गरेका थिए। बैठक अहिले पनि जारी छ।

बैठकमा पार्टी एकीकरण भएको खुशीयालीमा चक्लेट बाँडिएको छ ।

Comments

comments

LEAVE A REPLY