प्रचण्डले पार्टी चलाउन नसकेर एमालेमा विलय गराएः बाबुराम

कलम नेपाल ।
काठमाण्डैा – नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईले माओवादी पार्टी चलाउन नसकेर अध्यक्ष प्रचण्डले एमालेमा ‘मर्ज’ गरेको आरोप लगाएका छन्।

दुई वर्ष अगाडि प्रचण्डलाई आफूले नयाँ समाजवादी र वैकल्पिक शक्ति बनाउन भन्दा नमानेको भट्टराईले बताए।

पत्रकार मञ्च प्रदेश ४ ले आयोजना गरेको पत्रकार सम्मेलनमा भट्टराईले माओवादी पार्टी थाम्न नसेकर प्रचण्डले एमालेमा ‘मर्जर’ गरेको बताए।

उनले सत्ता र स्वार्थका एमाले र माओवादीबीच एकता भएको भन्दै एकता धेरै नटिक्ने टिप्पणी गरे।

एकीकृत पार्टी सधैंभरि पाँच वर्षसम्म चल्ला त्यसपछि नचल्ने उनको भनाइ थियो।

‘यो ‘मर्जर’ले पाँच वर्ष त लैजाला तर त्यसपछि भन्न सकिँदैन,’ उनले भने, ‘यही साइजमा रहँदैन।’

उनले नवगठित नेपाल कम्युनिष्ट पार्टी(नेकपा) देशको ठूलो पार्टी भए पनि पार्टीले जनताको आवश्यकता पूर्ति गर्न नसक्ने बताए।

उनले विश्वमा नै अहिले दुई धारको राजनीति रहको बताउँदै ति दुई धारभन्दा फरक भएर नयाँ शक्ति आएको उल्लेख गरे।

Comments

comments

LEAVE A REPLY