अब्यवस्थीत टहरा डोजर लगाएर भत्काइयो

कलम नेपाल ।

दमक – झापाको दमकमा रहेका अब्यवस्थीत टहरा डोजर लगाएर भत्काईएको छ । मुख्य बजारको हाटखोलामा रहेका करिब तिन दर्जन टहरा नगरपालिकाले भत्काएको हो ।
पटक पटक टहरा खाली गर्न नगरपालिकाको सूचनालाई अटेर गरेका कारण बल प्रयोग गरी टहरा भत्काएको

नगरपालिकाले जनाएको छ ।

दमक नगरपालिकाको जग्गामा नगरपालिकाले नै निर्माण गरेर भाडामा लगाएको उक्त टहराहरू थिए ।
उक्त स्थानमा अत्याधुनिक र सुबिधाजनक व्यववसायी महल बनाउनका लागि उक्त ठाउँ खाली गराइएको दमक नगरपालिका मेयर रोम नाथ अोलीले बताए ।

ओलीले अगाडी भने सबै नियम र प्रक्रिया पुरा गरेर यहाँका टहरा भत्काएकाछैा ।
३५ पसल र ४ वटा घर सहित यो क्षेत्रमा नगरपालिकाको ११ कट्ठा जमिन रहेको छ ।
नगरपालिकाको जमिनमा बसेका वास्तविक सुकुम्वासीलाई नगरपालिकाले प्रति परिवार ८ धुर जमिनमा घर बनाएर राख्ने र घर नबनुन्जेल मासिक ३ हजारका दरले घरभाडा उपलब्ध गराउने प्रस्ताव राखेको प्रमुख ओलीले भनाई थियो ।

लामो समय देखी बसोबास गर्दै आएका त्यहाँका बासिन्दाले घर निर्माण सँगै प्रति परिवार ६ लाख रुपैयाँको माग गरेपछि विवाद उत्पन्न भएको नगरपालिकाले जनाएको छ ।

Comments

comments

LEAVE A REPLY