नेकपाका महासचिव पौडेल राजनीतिक गुरुलाई भेट्न गोठाटार पुगे

 

कलम नेपाल ।
काठमाडौँ । पूर्वमन्त्री तथा नेकपाका नेता प्रदीप नेपालले फेसबुकमा लेखे- आफूले मेहनत गरेर अघि बढाएको कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टीको महासचिव हुनुभएकोमा आनन्द लागेको छ ।
शनिवार संसदीय दलको बैठक लगत्तै नेकपाका महासचिव विष्णु पौडेल नेपाल निवास काँडाघारी पुगेर सद्भाव र शुभेच्छा मागे । वास्तवमा शक्तिशाली कम्युनिस्ट पार्टीका महासचिव पौडेलका राजनीतिक गुरु रहेछन् नेपाल । उनले श्रद्धा गर्ने नेताभित्र प्रदिप नेपालको स्थान माथि छ ।

महासचिव पौडेलले भने, ‘उहाँ मेरो राजनीतिक गुरु हो । यदि उहाँलाई नभेटेको भए र उहाँको मार्गदर्शन नपाएको भए सायद म अहिले अन्तै हुन्थेँ होला । मलाई भूमिगत राजनीतिमा लगाउनेदेखि राजनीतिक जीवनका धेरै मोडहरूमा उहाँले मार्गदर्शन गर्नुभयो ।’

पौडेलका राजनीतिक गुरु प्रदिप नेपाल

२०३३ सालतिर नख्खु जेल ब्रेक गरेर बनारस हुँदै नेपाल बुटवल पुगेका बेला विष्णु पौडेल कलेज पढ्न भनेर दिदीको घरमा गएका थिए । भिनाजु गोपीरमण उपाध्यायको घरमा तत्कालीन कोअर्डिनेशन केन्द्र र मुक्ति मोर्चाको बैठक हुन्थ्यो । पछि गएर दुई घटक मिलेर नेकपा माले हुँदै एमाले बन्यो ।

कलेज भर्ना हुन गएका १७/१८ वर्षका विष्णु पौडेललाई प्रदिप नेपालले बुर्जुवा शिक्षा बहिष्कार गरेर जनताको विश्वविद्यालयमा भर्ना हुनुपर्छ भने । त्यसपछि पौडेल कम्युनिस्ट आन्दोलनमा जोडिएका हुन् ।
प्रदिप नेपाल आफूभन्दा माथिल्लो पदमा हुँदा होस वा पदीय हिसाबले आफूमाथि हुँदा पनि विष्णु पौडेलले आफूलाई गर्ने आदरमा कहिल्यै कमी नआएको नेपालले बताए । आफ्नो एक बचनमै पढाइ र जागिर छाडेर कम्युनिस्ट राजनीतिमा होमिएको युवा शक्तिशाली कम्युनिस्ट पार्टीको महासचिव बन्दा आफूलाई गर्व लागेको नेपालले बताए ।

व्यक्ति पदीय हिसाबले जहाँ पुगे पनि इतिहासका मार्गदर्शकलाई बिर्सन हुँदैन भन्ने सन्देश दिन महासचिव पौडेलले आफ्ना गुरुलाई भेटेका हुन् । प्रदिप नेपाल तत्कालीन नेकपा एमालेको पोलिटव्यूरो सदस्य थिए ।

तर, उनी नवौँ महाधिवेशनमा उपाध्यक्ष हारेपछि पोलिटव्यूरो सदस्य भए पनि कुनै बैठकमा जाने गरेका छैनन् ।

२०६५ सालको आठौँ महाधिवेशनसम्म प्रदिप नेपाल पार्टीको बरियतामा विष्णु पौडेलभन्दा माथि थिए । त्यो महाधिवेशनमा उनी महासचिव पदमा ईश्वर पोखरेलसँग पराजित भएका थिए भने पौडेल सचिव निर्वाचित भएका थिएका थिए ।

Comments

comments

LEAVE A REPLY