वाडाध्यक्षको घरमा बम बिस्फोट , दुई घाइते

बम बिस्पोट गराईएको घर

कलम नेपाल

दमक । दमक नगरपालिकाको ७ नम्बर वडाका वाडाध्यक्षको घरमा आइतबार राती बम बिस्फोट हुँदा दुईजना पैदल यात्री घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय दमकका प्रमुख डिएसपी दिपक गिरीका अनुसार वडाध्यक्ष भिम पौडेलको घरमा बम बिस्फोट गराइएको हो । राती साढे आठ वजे तिर घरको पूर्वपट्टिको च्यान गेटमा बम बिस्फोट भएको थियो ।

बम बिस्फोट हुँदा यसको छर्रा लागेर श्रीमान श्रीमती घाइते भएका छन् । घाइते हुनेमा कलम गाउपालिका ५ सितापुरी स्थाई घर भइ हाल दमक नगरपालिका ८ बस्दै आएका बर्ष ३४ का त्रिलोचन पोखरेल रहेका छन् । पोखरेलको दाँया खुट्टाको तिघ्रामा दुइवटा छर्रा लागेको छ ।

घाईते पोख्रेल

यस्तै उहाकी श्रीमती श्यामकुमारी राई पोखरेल समेत घाइते हुनुभएको छ । उहाँको खुट्टामा चारवटा छर्रा लागेको छ । घाइते दुवैजनाको दमक स्थित लाइफलाईन अस्पतालमा उपचार भइरहेको छ ।

अहिले दुवैजनाको स्वास्थ्य स्थिति चिन्ता मुक्त रहेको उपचारमा सम्लग्न डाक्टर मनोज शाहले जानकारी दिनुभएको छ । छर्राले श्याम कुमारीको खुट्टाको हड्डी फुटेको जनाइएको छ ।

बम बिस्फोट गराईएकाे स्थानमा प्रहरी अनुसनसन्धान गर्दै ।

इलाका प्रहरी कार्यालय दमकबाट प्राप्त जानकारी अनुसार बम बिस्फोट गराइएको बिषयमा अनुसन्धान भइरहेको छ । अहिलेसम्म सम्लग्न कोही पनि पक्राउ पर्न नसकेको जनाइएको छ ।

उत्त वडामा दमक नगरपालिकाले केही दिनदेखि अव्यस्थित वस्ति उठाउने अभियान सञ्चालन गर्दै आएको छ । अभियानको क्रममा स्थानीय जनप्रतिनिधी प्रति आक्रोषित बनेका थिए । यस क्रममा नगरपालिकाले डोजर लगाएर बस्ति खाली गराएको छ ।

 

Comments

comments

LEAVE A REPLY