निर्माण व्यवसायमा घुस खुवाउने र गुण्डा पाल्ने दिन गए :गृहमन्त्री थापा

कलम नेपाल ।

काठमाडौँ– गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले ठेक्का लिएर काममा ढिलासुस्ती गर्नेहरुमाथि सरकारले एक्सन लिने संकेत दिएका छन् । आज गृहमन्त्रालयमा ज्ञापनपत्र बुझाउन आएका नेपाल निर्माण व्यवसायी महासंघका प्रतिनिधिमण्डलाई गृहमन्त्री थापाले काममा ढिलासुस्ती गर्ने र कमसल काम गर्नेरुलाई अब सरकार हेरेर नबस्ने चेतावनी दिएका हुन् ।

गृहमन्त्री थापाले नेपाल निर्माण व्यवसायी महासंघका प्रतिनिधिहरुलाई विगतका कमजोरीलाई सच्याउन आग्रह समेत गरे । उनले भने, ‘विगतमा जे जस्तो काम गर्नुभयो, अब सच्चिएर काम गर्नुहोस् । यो सरकारले ढिलासुस्ती र अनियमिततालाई हेरेर बस्दैन ।’

निर्माण व्यवसायीहरुले कर्मचारीहरुलाई हरेक कामका लागि घुस खुवाउनुपर्ने, गुण्डादेखि पार्टीसम्मलाई चन्दा दिनुपर्ने लगायतका समस्या राखेपछि गृहमन्त्री बादलले अब त्यस्तो रकम नदिन व्यवसायीलाई निर्देशन दिए ।

Comments

comments

LEAVE A REPLY