भारतले विराटनगरको फिल्ड अफिस बन्द गर्ने

कलम नेपाल ।
काठमाडौं । भारत सरकारले बिराटनगरमा रहेको फिल्ड अफिस बन्द गर्ने घोषणा गरेको छ ।

यसबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली समकक्षी केपी शर्मा ओलीलाई जानकारी गराइसकेका छन् ।

विराटनगरको उक्त अफिस एउटा खास प्रयोजनका लागि राखिएको थियो, समयसन्दर्भ समाप्त भएपछि त्यो उठ्नपर्थ्यो। उठाउ भनेपछि उठाउनुपर्थ्यो, त्यो नउठाउने कुरा बेठीक हो अब विराटनगरको अफिस रहँदैन त्यो हटाइन्छ’, ओलीले बानेश्वर स्थित संसद भनवमा बसेको संसदीय दलको बैठकमा भनेका थिए।

दुई दलबीच एकता हुनुअघि संसदमा तत्कालिन माओवादीको सांसदको हैसियतमा भारतीय प्रधानमन्त्रीको भ्रमणबारे बोल्दै पम्फा भुषालले विराटनगरको फिल्ड अफिस हट्ने विषयमा प्रगति नभएकोमा आपत्ति जनाएकी थिइन्।

कोसीमा बाढीका बेला स्थापना भएको उक्त कार्यालय बन्द गराउन नेपाल सरकारले यसअघि पनि पहल गरेको थियो। परराष्ट्र मन्त्रालयले पत्र काटेरै दुतावासलाई फिल्ड अफिस हटाउन आग्रह गर्दा समेत अटेर गर्दै आएको थियो।  नेकपाका  प्रवक्ता नारायणकाजी श्रेष्ठ परराष्ट्र मन्त्री भएका बेला दुतावासलाई कार्यालय हटाउन पत्राचार  भएको थियो

Comments

comments

LEAVE A REPLY